rekha thapa                    काठमाडौं। ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भन्ने उखान कसैमाथि लागू भइरहेको छ भने एमाले परित्याग गरी एकीकृत नेकपा माओवादी प्रवेश गरेका रामचन्द्र झामाथि लागू भएको छ। गाउँ पुगेका केन्द्रीय नेता, जिल्ला र राज्यसमितिले संविधानसभा निर्वाचनका लागि तीन हजार ६ सयजनाको नाम केन्द्रमा पठाउँदा पनि झाको उम्मेदवारी भने कतैबाट सिफारिस हुन सकेन। धनुषामा खटिएका केन्द्रका ६ जना प्रतिनिधिले झालाई उम्मेदवारका रूपमा सिफारिस गर्ने ल्याकत राखे पनि तिनले समेत उनको नाम सिफारिस गरिदिएनन्। श्रवण यादवको राम्रो प्रभाव रहेको जिल्लामा जिल्ला कमिटी र आफूलाई कमजोर बनाउन ल्याएको महसुस गरेका मिथिला राज्यसमिति इन्चार्ज
विश्वनाथ साहले पनि झाको नाम सिफारिस गरिदिएनन्। तर ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या  छ’ बोलको नारायणगोपालको गीतझैं झाले आफू खटिएको बारा–३ बाट एमाओवादी विजयी हुने रिपोर्टिङ गरेका छन्। अचम्म त यो छ कि राजनीतिको ‘र’ पनि नजानेकी अभिनेत्री रेखा थापालाई भने उनले पार्टी उम्मेदवारको रूपमा सिफारिस गरिदिएका छन्। त्यसो त एमालेबाटै एमाओवादी भित्रेकी उर्मिला अर्याल पर्साबाट उम्मेदवारको सिफारिसमा परेकी छन्। आफूसँगै एमाओवादी बनेकी लक्की शेर्पा सिफारिसमा पर्दा झा भने हेरेको हेर्यैि भएका छन्। एमालेमा हँुदा रौतहट–काठमाडौं सम्पर्क मञ्चमा एक भोट ल्याउने हरेन्द्र राय यादवसमेत एमाओवादी उम्मेदवारको सिफारिसमा परे, तर ३६ सयको नाम देशभरबाट सिफारिस हुँदा झाको नाम कतैबाट उम्मेदवारीमा सिफारिस भएन। त्यसैकारण, तनावमा रहेका झालाई अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवार बनाउने आश्वासन त दिएका छन्, तर धनुषाबाट भने असम्भव जस्तै हुने भएको छ। ‘कुनै हालतमा पनि झाको सम्भव छैन,’ श्रवण यादवले भन्दै आएका छन्, ‘पहिले त झाले कतैबाट पनि उम्मेदवार सिफारिस हुन पाउँदैनन्, यदि धनुषाबाट उनलाई उठाउन केन्द्रले सिफारिस गर्योन भने धूलो चटाइदिन्छौं।’
                            एमालेबाट ठूलो भाग खान गएका झालाई केन्द्रीय सचिव दिने भनिएको थियो, तर सचिव पनि पाएनन्। सचिव दिन भनेर एमालेबाट लगिएका झालाई मर्यादाक्रमको अन्तिम स्थानमा राखेर स्थायी समिति सदस्य बनाइयो। जुन दिन आफ्नो अपमान गर्दै त्यसरी पुच्छरमा नाम राखेको महसुस गरे, त्यसै दिन झाले बीबीसी नेपाली सेवा र केही दैनिकमार्फत चर्को असन्तुष्टि पोखे। ‘पार्टीमा नरहने र राजीनामा दिएर निष्त्रि्कय बस्ने’ बताए पनि लोकलाजले एमाओवादीमै रहेका झालाई उम्मेदवारी सिफारिसमा नाम नपरे पछि अर्का धक्का लागेको छ। तर, पनि पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा उनी भन्न बाध्य छन्, ‘कमरेड, एमाओवादीले मधेसमा दुई तिहाइ मत ल्याउँछ।’ अनि अन्य एमाओवादी नेता त्यसैमा पररर ताली बजाउँछन्।