Saturday, September 21, 2013

आशा नम्रताको : ‘मौन’ नम्रतालाई सबैले हेर्न पाउने

                      यदि तपाई नम्रताको नयाँ चलचित्र हेर्नका लागि पर्खदै हुनुहुन्छ भने खुशीको खबर छ । असोज ११ अर्थात आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मौन’लाई सबै दर्शकले हेर्न पाउने भएका छन् । चलचित्रलाई सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । 
                    सुरज भुषालको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रताको साथमा अर्पण थापाले अभिनय गरेका छन् । चलचित्रमा नम्रता र अर्पणलाई बोल्न नसक्ने अवस्थामा देख्न सकिनेछ । यसैले पनि नेपाली सिने नगरीका लागि यो नौलो प्रयोग हो । बलिउड चलचित्र ‘बर्फी’मा रणवीर कपुर पि्रयंका चोपडाको यस्तै भूमिका हेरेका
दर्शकका लागि ‘मौन’ उत्सुकता र कौतुहलताको रुपमा रहेको छ ।
                     ‘होस्टेल’ पश्चात प्रदर्शनमा आएका अन्य सिनेमाले खासै उल्लेखनिय व्यापार गर्न नसकेको अवस्थामा ‘मौन’ अर्को एक आशालाग्दो सिनेमा हो । नम्रताले अभिनय गरेका थ्री लभर्स, छड्कले दर्शकलाई चित्त बुझाउन नसकेकाले पनि ‘मौन’ विशेष बनेको छ । यसैले पनि निर्माणपक्ष ‘मौन’ चल्नेमा ढुक्क छ ।

No comments:

Post a Comment