Saturday, September 21, 2013

मातृका यादव भन्छन्, 'नेताहरुले धोका दिए'

                काठमाडौं- नेकपा माओवादीका संयोजक मातृका यादवले बसिखाने र गरिखाने वर्गबीचको सङ्घर्षमा कम्युनिस्ट नेताहरुले धोका दिएको र विदेशीको इसारामा चलेका कारण नेपाली जनताले दुःख खेप्न परिरहेको बताएका छन्। नेकपा–माओवादीले आयोजना गरेको 'नेपालको राजनीतिक सङ्कट र निकास' विषयक अन्तर्क्रियामा उनले राष्ट्रियता नेता र राजाहरुमा मात्र होइन, जनतामा पाइन्छ भन्दै अहिले पनि सशस्त्र जनआन्दोलनको आवश्यकता रहेको बताए।
                    नेकपा एकीकृतका महासचिव परि थापाले शान्ति प्रक्रिया नटुङ्गिएको दाबी गर्दै अहिलेको अवस्थामा अग्रगामी शक्तिको एकता र सङ्घर्षले निरास नबनाएको बताए। युवा जनसुरक्षा बलका
संयोजक गोकुल दाहालले चार दलकै कारण देशमा सङ्कट आएको र त्यसको समाधान चुनावी आतङ्कले नभई राष्ट्रिय सहमतिले हुने बताए।
                          नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा. केबी रोकायाले निर्धारित समयमा संविधान निर्माण नगरी चार वर्ष बिताएका सभासद्ले आफूहरुले के गरी दिन बिताएका थिए भन्ने उत्तर जनतासामु राख्नस सक्नुपर्छ भने। प्रा.डा. सुरेन्द्र केसी, थारु मुक्ति मोर्चाका अध्यक्ष डा. ललन चौधरी, सङ्घीय लिम्बुवान परिषद्का महासचिव खगेन्द्र माखिम, आदिवासी जनजाति पार्टीका अध्यक्ष तामाङ बुद्धराज स्याङतानलगायतले देशमा सङ्कट ल्याउन प्रमुख राजनीतिक पार्टीको भूमिका रहेको भन्दै हिजो श्री ३ र श्री ५ को विरोध गरेझैं आज श्री ४ को विरोध गर्न परिरहेको बताए। रासस

No comments:

Post a Comment