काठमाडौं,
साउन १२– गत जुन महिनाको ३ तारिखका दिन आफ्नै निवासमा आत्महत्या गरेकी
बलिउड नायिका जिया खानको प्रेमी सुरज पञ्चोलीले एक अंगे्रजी अखबारलाई
अन्तवार्ता दिद्यदै आफूहरुको प्रेम कहानीका बारेमा पहिलोपटक मुख खोलेका छन्
। जियाको आत्महत्यापछि सुरजले उनका बारेमा सार्वजनिक रुपमा बोलेका यही नै
पहिलो हो ।
सुरजले
जियासँग आफ्नो भेट करिब दश महिनाअघि फेसबुकको माध्यमबाट भएको बताएका छन् ।
फेसबुकको भेटपछि २/३ पटक डिनर र लन्चसँगै गरेको उनले स्वीकार गरेका छन् ।
सुरजमाथि जियालाई बलात्कार गरेको आरोपसमेत लागेको थियो । सुरजले भने जियाको बलात्कार पहिले नै लन्डनमा भएको
बताएका छन् । ‘उनी जतिखेर लन्डनमा रहन्थिन्, त्यति खेरै एक वृद्वको यौनशोषणमा परेकी थिइन्’ –सुरजले भनेका छन् ।
सुरजकी आमा जरिनाले पनि भनेकी छिन्– ‘सानै उमेरमा बलात्कृत भएकीले ऊ डराइरहन्थी ।’ सुरजका अनुसार जियाले एक पटक गर्भपतनसमेत गराएकी थिइन् । तरउक्त कुरा जीयाले आफूलाई कहिल्यै नभनेको सुरजले बताएका छन् । जियाकी आमाले भने सुरजलाई आफ्नो छोरीलाई कुटपिट गरेको तथा धोका दिएको कारण जियाले आत्मअत्या गरेको आरोप लगाउँदै आएकी छिन् ।

No comments:
Post a Comment