हिट एन्ड रन केश’ मा फसेका बलिउड नायक
सलमान खान अहिले समस्यामा छन् । सन् २००२ मा गरेको एउटा गल्तीले सलमानलाई
जीवनभर छोडेको छैन ।
सलमान वुधबार मात्र मुम्बइको सेशंस अदालतमा पुगेका थिए
।सलमान
अदालतमा पुगेसगै अर्का नायक साहरुख खान उनको बिषयमा धेरै नै चिन्ता
लिइरहेका थिए । आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रि प्रोडक्शनमा
रहेका साहरुखले सलमानको खबर बारम्बार लिइरहेको भारतिय संचारमाध्यहरुले
जनाएका छन् । आफ्नो टिमसाग खबर वुझिरहेका साहरुखले जब
सलमानलाई हत्याको मुद्दा चल्ने खबर सुने, त्यसपछि उनी निराश भएको बताइएको छ
। एक पार्टीमा अंगालो हालेपछि सलमान र साहरुख बिच ५ बर्षदेखि चल्दै आएको
शितयुद्ध रोकिएको विश्वास गरिएको छ ।
सलमान यतिबेला निक्कै ठूलो समस्यामा छन् ।
यसैले पनि उनलाई साथ दिन साहरुख अग्रसर भएको देखिन्छ । जुलाई २४ का लागि
तोकिएको सलमानको मुद्दाको सुनुवाई अगष्टमा सरेको छ । न्यायधिशको सरुवा
भएपछि सलमानको मुद्दाको सुनुवाई केही पछि सरेको हो । मदिरा पिएर १ व्यक्तिको हत्या र ४ जनालाई
घाइते बनाएको आरोपमा सलमान सन् २००२ देखि मुद्दा खेपिरहेका छन् । अब यस्तो
अवस्थामा बलिउडका बादशाहा साहरुख सलमानलाई साथ दिने तयारीमा लागेको देखिन्छ
।
No comments:
Post a Comment