Tuesday, December 17, 2013

न्यू इयरमा प्रियंकाको महंगो नाच, मिनेटमै करोड भारु

priyanka-chopra          २०७० पुष २ अंग्रेजी नयाँ बर्षसँगै यतिबेला बलिउड कलाकारहरुको ब्यस्तता बिभिन्न कार्यक्रमहरुका बढ्दो छ । भारतभित्र मात्र हैन, अन्य मुलुकमा रहेका भारतीय समुदायले आयोजना गर्ने कार्यक्रममा पनि भारतीय कलाकाहरुले आफ्नो कला प्रस्तुत गर्न समय छुट्टाइसकेका छन् ।
           केहीवेर नाचेकै भरमा करोडौं रुपैयाँ आउने भएकाले पनि कलाकारहरु यस्ता कार्यक्रमलाई नाइ नास्ती गर्देनन् । न्यू इयरमा नाच्ने बलिउड हिरोइनहरुमध्ये सवैभन्दा महंगो डिमान्ड गर्नेचाहिं प्रियंका चोपडा भएकी छिन् । उनले चेन्नईमा आयोजना हुन लागेको एक कार्यक्रमका लागि एक मिनेटको एक करोड भारतीय रुपैयाँ डिमान्ड
गरेकी छिन् । तर कार्यक्रम आयोजकलाई यो डिमान्ड खासै ठूलो लागेन र ओके गरिदिए ।
भारतीय संचारमाध्यमहरुका अनुसार ३१ डिसेम्बरमा हुने न्यू इयर इभ पार्टीका लागि उनले जम्मा ६ करोड भारु पाउनेछिन् । उनले स्टेजमा अनुमानित ५ मिनेट मात्र नाच्ने बताइएको छ । योसँगै पि्रयंका स्टेज कार्यक्रममा सवैभन्दा महंगी नायिका भएकी छिन् ।

No comments:

Post a Comment