Thursday, April 3, 2014

नांगैं गाडी हाँक्दा प्रहरीको खोरमा

                   रक्सी खाएर गाडी चलाएको, एकदम खतरनाक तरिकाले गाडी चलाएको कुरा त सुनिएको होला। तर, कसैले नागैं गाडी चलाएको सायद नसुनिएको हुनसक्छ। डेलीमेल खबरका अनुसार, नाम नखुलाइएको यी व्यक्तिले बेलायतको सडकमा नांगो भएर गाडी चलाएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीको रोक्ने आदेश दिँदा पनि नरोकी चलाएपछि प्रहरीको ६ वटा गाडीले उसलाई पिछा गरेको थियो। त्यति मात्र नभएर उसलाई समात्नको लागि हेलिकप्टर समेत प्रयोग गर्नुपरेको थियो। २१ बर्षीय यी युवकले सवारीधनीको अनुमतिबिना नांगो भई ह्वाइट फोर्ड गाडी चलाएको आरोपमा पक्राउ
गरिएको थियो। यी युवकलाई प्रहरीले मार्च २० तारिखसम्मका लागि जमानतमा छाडेको छ।

No comments:

Post a Comment