राजाले बाढी पीडितलाई राहत बाँडेको विषयलाई लिएर जेल हाल्नु पर्ने
अभिब्यक्ति दिएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई शिवसेना
नेपालले आजबाट निगरानीमा राख्ने भएको छ।
राजधानीमा विहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी शिव सेनाले सो
विषयलाई लिएर भट्टराईले तत्काल माफी माग्नु पर्ने स्पष्ट पार्दै
नमाग्दासम्म निगरानीमा राख्ने चेतावनी दिएको हो।
पत्रकार सम्मेलनमा चेतावनी दिदै भट्टराईले तत्काल माफी माग्नु पर्ने
अन्यथा जनयुद्धको नाममा हजारौं निर्दोष
जनताको ज्यान लिने, राष्ट्रघाती भट्टराईको हरेक गतिविधिहरुलाई मध्ये नजर राख्दै उनको गतिविधि अनुसारको कारवाही गर्ने चेतावनी समेत दिईएको थियो।
जनताको ज्यान लिने, राष्ट्रघाती भट्टराईको हरेक गतिविधिहरुलाई मध्ये नजर राख्दै उनको गतिविधि अनुसारको कारवाही गर्ने चेतावनी समेत दिईएको थियो।
पत्रकार सम्मेलना शिवसेना नेपालका महासचिव माधवप्रसाद भण्डारीले
बाढीपहिरोले आक्रान्त जनतालाई राहत वितरण गर्न जाँदा अङ्कुश लगाउने खोज्ने
भट्टराई जनविरोधी र राष्ट्रघाती भएको आरोप लगाउँदै पूर्वराजालाई जेल हालेर देखाउन चुनौतीसमेत दिएका थिए। बाबुराम भट्टराई क्रिस्चियनको ठेकेदार र भारतीय विस्तारवादको दलाल भएको
आरोप लगाउँदै उनले भने, 'राजसंस्था र ८५ प्रतिशत हिन्दू भएको अखण्ड मुलुक
प्रति कसैले धावा बोल्छ भने त्यस्ताहरुको विरुद्ध बन्दुक उठ्न सक्छ।'
नेपाल बार एसोसिएसनका कोषाध्यक्ष एवम् शिवसेना नेपालका उपाध्यक्ष राजकुमार
थापाले डा.भट्टराईको अभिव्यक्ति संविधान विपरीत भएको दाबी गर्दै उनलाई
कानुनको कठघरामा उभ्याउन कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिए। ओम रक्षा बाहिनीका उपप्रमुख महावीरसिंह खड्काले राजसंस्था र हिन्दूधर्मको
विरुद्ध बोल्ने बाबुराम लगायत सबैको प्रतिकार गर्ने घोषणा गर्दै त्यसलाई एक
एक गरेर कारबाही गर्ने चेतावनी दिए।
No comments:
Post a Comment