Monday, December 9, 2013

गलेश्वर खेलकुद तथा सांस्कृतीक मेला सम्पन्न

                         म्याग्दी २०७० मंसिर २५ । बालाचर्तुदर्शी पर्वको अवसरमा गलेश्वर युवा क्लबले आयोजना गरेको खेलकुद तथा सांस्कृतीक मेला सोमबार सम्पन्न भएको छ । मेला अन्तरगत आयोजित गाविस स्तरीय पुरुष भलिबल प्रतियोगितामा घतानको गलेश्वर युवा कल्व प्रथम र बरङ्जा युवा कल्व दितृय भएका छन् । १५ टिम सहभागि प्रतियोगितामा प्रथम र दितृय हुनेले क्रमश ३५ हजार र २५ हजार रुपैया पुरस्कार जितेका छन् । यसैगरी महिला भलिबल तर्फ चिमखोलाको मण्डली युवा कल्व प्रथम
र कुहुँको कुहुँ युवा कल्व दितृय हुँदै क्रमश २० हजार र १३ हजार रुपैया नगद पुरस्कार जितेका छन् । बास्केटबल प्रतियोगितामा केपी गायज कालीपुल प्रथम र गलेश्वर युवा कल्व दितृय हुँदै नगद ३० हजार र २० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । पुरुष भलिबलतर्फ बरंजाका हरि श्रीपाली, महिला भलिबलतर्फ कुहुँकी डिलकुमारी रसाईली र बास्केटबलतर्फ गलेश्वरका एकीन पुर्जाले उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।
गलेश्वर युवा कल्वका अध्यक्ष मोहन केसीको अध्यक्षता, सल्लाहकार दिपक बिखर्चीको सञ्चालन र कोषाध्यक्ष झककुमार गर्बुजाको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पुरस्कार वितरण गरेका थिए । मेला समापनको अवरमा गलेश्वरको विकासमा योगदान पु¥याएको भन्दै गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर कार्की, बजार व्यवस्थापन समितिका अध्यक्ष धनपती चुवाई, गलेश्वर आमा समूह, स्थानीय समाजसेवी बमबहादुर पुनलाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment