Saturday, August 10, 2013

झरनाको घरमा स्कर्ट नै स्कर्ट, गरिमा जुत्ताको फ्यान

                           कलाकार भएपछि पहिरनको कलेक्शन गर्नु बाध्यता हो । एउटै पहिरन दोहोर्‍याएर लगाएको खण्डमा दर्शकदेखि मिडियासम्मको आँखा पर्ने पिर पनि हुन्छ । यसैले पनि उनीहरु पहिरनमा विशेष ध्यान दिन्छन् ।
                         नायिका विनिता बराल जिन्स पाइन्टको सौखिन हुन् । लगाउन सजिलो हुने भएकाले पनि उनले जिन्स पाइन्टको भण्डार नै गरेकी छिन् घरमा । विनिताका अनुसार उनीसँग ३५ वटा जिन्स पाइन्ट छन । जसमध्ये उनले एउटा पाइन्ट २ पटकसम्म लगाउँछिन् । तर घरमै बस्दा त बारम्बार धोएर लगाउँदा पनि फरक पर्दैन, उनले अनलाइनखबरसँग भनिन् । अहिले ज्यान मोटाएकाले पनि जिन्स पाइन्ट नयाँ नयाँ किन्नुपरेको उनको तर्क छ । नव नायिका अशिष्मा नकर्मीको सौख भने अन्य नायिकाको भन्दा फरक छ । उनलाई पुराना पैसा जम्मा गर्न मन लाग्छ । तर पहिरनको बिषयमा पनि
उनी चनाखो छिन् । उनलाई धेरै वन पिस लगाउन मनपर्छ, यसैले उनीसँग ६० वटा जति वन पिस कपडाहरु छन् । जसले गर्दा पनि अशिष्मा विभिन्न कार्यक्रममा फरक-फरक पहिरनमा देखिन्छिन् ।
                                नायिका गरिमा पन्त जुत्ता लगाउन रुचाउँछिन् । उनीसँग क्याजुअल र पार्टी पहिरनहरु पनि धेरै नै छन् । तर जुत्ताको सौखिन गरिमा आफूसँग ३३ जोर भन्दा धेरै जुत्ता भएको बताउँछिन् । म हरेक कार्यक्रममा फरक-फरक जुत्ता लगाउन रुचाउँछु, उनले ठट्टा गर्दै भनिन-’ घरमा त जुत्ताको सेल नै खोल्ने बेला भैसक्यो ।’
                  नायिका नन्दिता केसीको सौख पनि नायिका गरिमा पन्तको जस्तै छ । हाल यूरोप भ्रमणमा रहेकी नन्दिताले आफूसँग ३० जोर भन्दा धेरै जुत्ता भएको जानकारी दिइन । उनका अनुसार घरमा छिर्ने वित्तिकै जुत्ता नै जुत्ता छ, यसैले पनि बैनीहरुले सेल लगाउनुहोस भनेर सल्लाह दिन्छन् रे । तर, पहिरनमा भने उनलाई क्याजुअल मन पर्छ । नायिका झरना थापाको कलेक्शन टीनएजरकै जस्तो जस्तो छ । झरना अहिले हाफ पाइन्ट, स्कर्टमा बढि देखिन्छन् । यसैले उनीसँग हाफ पाइन्ट, स्कर्टको भण्डारैं छ । ‘कती नै छ भनेर त म भन्न सक्दिन तर म हरेकपल्ट नयाँ स्कर्ट र हाफ पाइन्ट लगाउँछु । झरनाकी छोरी नै टीनएजमा प्रवेश गरिसकिन, तर झरना भने आफूलाई मोर्डन युवती नै बन्न मन लाग्ने बताउँछिन् ।
            सुन्दर नायिका केकी अधिकारी आफूसँग टिर्सटको भण्डार रहेको बताउँछिन् । लगाउन सजिलो हुने र मानिसको आँखा पनि सबैभन्दा पहिला टिसर्टमै जाने भएकाले आफूले टिसर्टमा लगानी गरेको केकीले बताइन । मानिसले जिन्स पाइन्टमा खासै आँखा लगाउँदैन तर टिसर्टमा भने हेरिहाल्छ, यसैले म बढि यस्तो पहिरन नै लगाउँछु ।’ उनले भनिन् । उनले आफूसँग ४० वटा भन्दा बढि टिसर्ट भएको बताइन् ।

No comments:

Post a Comment