Saturday, August 10, 2013

वार्तामा हतार नगरौं :वैद्य

                    काठमाडौं,साउन २६–नेकपा–माओवादी सरकार तथा चारदलीय राजनीतिक समितिसँगको वार्ता हतारमा टुंग्याउन नहुने अडानमा देखिएको छ । ‘हतारमा वार्ता टुंग्याउने कुरा वार्ताबाटै भाग्ने चारदलीय नेताको षड्यन्त्र भएको’ बताउँदै उसले ‘वार्ता फलदायी बनाउन हतार गर्न नहुने’ प्रस्ट्याएको छ । नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले वार्ता सार्थक निष्कर्षमा पु¥याउन सबै राजनीतिक दलले गम्भीरतापूर्वक छलफल र बहस गर्नुपर्नेमा जोड दिए ।
                   पार्टीनिकट राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिको प्रथम महाधिवेशनमा शुक्रबार सम्बोधन गर्दै वैद्यले केही दिनभित्रै वार्ता टुंग्याउने सरकार तथा चारदलीय नेताका अभिव्यक्तिप्रति असन्तुष्टि जाहेर गरे । ‘केही दिनभित्रै वार्ता टुंग्याउने भनी आएको अभिव्यक्ति वार्ताबाटै भाग्ने प्रवृत्ति हो,’ उनले भने, ‘तीन दिनमा वार्ता टुंग्याउछौं भन्ने प्रवृत्ति वार्ताबाटै भाग्ने प्रवृत्ति हो, वार्ता सुरु नहु“दै
राजनीतिक समिति संयोजकलगायतका चार दलका नेताले केही दिनमै वार्ता टुंग्याइन्छ भनेर गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् ।’
                                       वैद्यले आङ्खनो पार्टी वार्ता र संवादमार्फत समस्या समाधान खोज्नुपर्नेमा जोड दि“दै जारी संक्रमणकाल सबै मिलेर सहमतिमा टुंग्याउनुपर्ने जिकिर गरे । ‘सरकार र चार दलका नेताले आङ्खनो लचकता ख्याल नगरी एकतर्फी दम्भ प्रस्तुत गर्ने काम गरेका छन्,’ आफूहरू चुप लागेर नबस्ने चेतावनी दिँदै उनले थपे, ‘हामी वार्ता र बहिष्कार दुई हात लिएर आएका छौं, कुन हात अघि बढ्न दिने भन्ने चार दल र सरकारकै हातमा छ ।’ ‘१ चैतको परिघटना संसदीय व्यवस्था असफल भएको’ नजिर दिँदै वैद्यले ‘चार दलका नेताले आङ्खनो खुट्टामा टेकेर देश चलाउन सक्दैनन् भन्ने देखाएको’ टिप्पणी गरे । ‘राष्ट्रियताको प्रश्न मात्रै जोखिममा परेको नभई अहिले जनतन्त्रको प्रश्नसमेत जोखिममा पर्दै गएको छ,’ उनले भने, ‘त्यसैले, यथास्थितिको संविधानसभाले संविधान निर्माण गर्न सक्दैन ।’

No comments:

Post a Comment