Saturday, August 10, 2013

आमिर खानलाई कसको प्रतिक्षा ?

                         अभिनेता आमिर खान आफ्नो बहुप्रतिक्षित फिल्म धूम-३ को फाइनल कट देखेपछि निकै उत्साहित छन् र उनले आफ्नो रोमान्स फेसबुकमार्फत आफ्ना प्रशंसकहरुसँग बाँडेका छन् । उनले खेलेका छन्-’साथीहरु हो । मैले धूम-३ को फाइनल कट दिएँ । र म यसलाई तपाईहरुमाझ ल्याउन आतुर छु । मलाई क्रिसमससम्मको प्रतिक्षा कठिन भइरहेको छ ।’
                         धूम सीरीजको यो तेस्रो फिल्ममा आमिर खलनायकको भूमिकामा छन् । पछिल्लो फिल्म तलाश सोचेजस्तो सफल नभएपछि आमिरका लागि धूम-३ निकै महत्वपूर्ण छ । २००४ मा यशराज ब्यानरमा यो सीरीजको
पहिलो फिल्म रिलिज भएको थियो, जसमा जोन अब्राहम खलनायक थिए ।
२००६ मा आएको धूम-२ मा ऋतिक रोशनले यो भूमिका निभाए । पहिलो र दोस्रोमा जस्तै धूम-३ मा अभिषेक बच्चन र उदय चोपडा छन् । धूम-३ को निर्देशन विजयकृष्ण आचार्यले गरेका हुन् । क्रिसमसमा रिलिज हुने धूम-३ मा आमिर पहिलो पटक कटरिना कैफसँग देखिँदैछन् ।

No comments:

Post a Comment