Saturday, August 10, 2013

असन्तुष्टको मागप्रति हदैसम्मको लचकता अपनाउने कांग्रेसको निर्णय

                     पार्टी सभापति सुशिल कोइराला भारतबाट फर्केको भोलीपल्ट उनकै निवास महाराजगञ्जमा बसेको बैठकले असन्तुष्टको मागप्रति हदैसम्मको लचकता अपनाउने निर्णय गरेको हो ।
                           बैठकले सरकार विघटन, मंसिरमा तोकिएको संविधानसभाको दोस्रो निर्वाचनकोको स्थगन लगायताका माग भने पूरा गर्न नसकिने बताएको छ । कुनैपनि हालतमा मंसिरमा चुनाव गर्नको लागि असन्तुष्टहरुको मागप्रति पार्टीले हदैसम्मको लचकता
अपनाउने निर्णय गरको बैठक पछि  केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिए ।
                               कांग्रसले मंसिरको चुनाव सार्न नहुने समेत निश्कर्ष निकालेको छ । अन्य विषयमा आवश्यकता अनुसार परिमार्जन गर्न सकिने केसीले बताए ।  ’११ र २५ बुँदे सहमतिमा पूर्णविराम र कमा पनि परिवर्तन हुँदैन भन्ने होइन’  केसीले भने, ‘तर मंसिर ४ को निर्वाचन सार्ने र सरकार परिवर्तनको कुरामा अर्को सहमति हुन सक्दैन ।’बैठकमा सभापति कोइरालाले भारत भ्रमणबारे समेत सदस्यहरुलाई जानकारी गराएका थिए ।बैठकमा पार्टी पदाधिकारी तथा काठमाडौंमा रहेका केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment