Friday, June 20, 2014

सिमित व्यक्तिको घेरामा पार्टी नेतृत्व राख्न खोजिदैछः ओली

         काठमाडौं, असार ६ – नेकपा–एमालेका अध्यक्षका प्रत्यासी रहेका केपी ओलीले नेतृत्व हस्तान्तरण गर्न नदिन चलखेल भइरहेको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता ओलीले भने, ‘अझै पनि सिमित व्यक्तिको घेरामा पार्टीको नेतृत्वलाई सँधै राखिराख्न कसरत भइरहेको छ, यसलाई रोक्नुपर्छ ।’
ओलीले पार्टीको नेतृत्व अखिलको अध्यक्षलाई दिने अझै समय नभइसकेको बताए । ‘क्याम्पसमा स्ववियु सभापति खोजे जस्तो होइन, पुस्तान्तर अघि अनुभव, योगदान, पहिचानको आधारमा नेतृत्व बन्दै जाने हो’ ओलीले भने । भोलीदेखि महाधिवेशन प्रतिनिधि छनौट गर्दा विवेक प्रयोग गरेर प्रतिनिधि छनौट पनि आग्रह गरे ।
‘पहाडको कच्ची बाटोमा दाँया बाँया ढल्किँदा मोटरको डन्डीलाई समातेर गाडी दुर्घटनबाट बचाए भने भ्रम म पाल्दिन,’ ओलीले भने । उनले संक्रमणकाललाई अन्त्य गरेर राष्ट्रलाई आर्थिक समृद्धिको बाटोमा पार्टीलाई दोहो¥याउन र एमालेलाई सक्षम बनाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारे । त्यस्तै कार्यक्रममा बोल्दै गृहमन्त्री बामदेव गौतमले पार्टीमा गुण्डाहरुलाई प्रवेश गर्न नदिने स्पष्ट पारेका
छन् । ‘सबै गुण्डाहरुलाई तह लगाइनेछ,’ उनले भने ।
उनले महाधिवेशनमा सरकारी साधनको दुरुपयोग नहुने पनि स्पष्ट पारेका छन् । माधव नेपालको टिप्पणीप्रति संकेत गर्दै गौतमले भने ‘केपी ओली अध्यक्ष भयो भने नेपाल र नेकपा एमाले ध्वस्त हुन्छ भन्दैछन्, त्यस्तो हुँदैन,’ उनले भने ।

No comments:

Post a Comment