काठमाडौं, असार ६ – नेकपा–एमालेका नेता अध्यक्षका प्रत्यासी माधव नेपालले ओली पक्षले प्रतिनिधिहरुलाई धम्की र प्रलोभनमा पारेर प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । नेपालले ओली र बामदेव पक्षले राजनीतिक नियुक्तिको लोभ देखाउँदै, आफ्नो राजनीतिक भविष्य खतरामा पर्ने धम्की दिँदै प्रतिनिधिहरुलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने ‘ओली पक्षले प्रतिनिधीहरुलाई नाक भाँच्दिन्छु, गाला तास्दिन भनेर धम्की दिएका छन् ।’ उनले सबै प्रतिनिधिहरुलाई यस्तो धम्की र प्रलोभनमा नफँस्न आग्रह समेत गरे । ‘अहिले सत्ताको चरम दुरुपयोग भएको छ,’ नेपालले भने । उनले आफू महासचिव मात्र भएको बताउँदै दुई कार्यकालसम्बन्धि विधान आफूलाई लागु नहुने स्पष्ट पारे । ‘कुनै पनि विधान पारित भएको मिति देखि लागु हुन्छ । त्यही भएर यो मेरो हकमा लागु हुँदैन,’ उनको भनाई थियो । उनले हालसम्म निर्वाचित प्रतिनिधिमध्ये ७७ प्रतिशत आफ्नो पक्षमा रहेको दाबी
समेत गरे ।
No comments:
Post a Comment