असोज २४ पर्वत गत मसिंर ४ मा सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनमा प्रयोग भएका मतपत्रहरु कलिगण्डकीको किनारामा भेटिएका छन् ।
ब्यापक रुपमा मतपेटीका साटीएको र निश्पक्ष चुनाव नभएको भन्ने एकिकृत नेकपा माओवादीले आरोप लगाइरहेको अवस्थामा दोस्रो संविधान सभाको १० महिना पछि पर्वत जिल्लामा साटिएका मतपत्र भेटिएका हुन् ।
संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली सेना र प्रहरीको मिलोमतोमा सबैभन्दा बढि नेपाली कांग्रेस र एमालेले पनि मतपेटीका साटेको आरोप एमाओवादीले विगतमा लगाउँदै आएको थियो । देशैभर मतपेटीकामा धाँधली गरिएको एमाओवादीको निश्कर्ष रहेको थियो भने पछि छानविन र अनुसन्धान भैरहेको सन्दर्भमा पर्वत जिल्ला कुश्मा नगरपालीका स्थीत जल्कीनि मा यसरी मतपत्र भेटिनुले दोस्रो संविधानसभाको निर्वाचन शान्तिपुर्ण नभएको भन्ने विषय खोक्रो कुरा सावित भएको एमाओवादी पर्वतका सचिव ढाकाराम
गौतमले बताए ।
उनले प्रकृया पुर्याए निकृय गरेका मतपत्र भएपनि सबै मतपत्रमा गोलाकार भित्रको हसियाहतौडामा मात्र छाप लगाएको भेटिनु शंकास्पद भएको बताएका छन् ।
मतपत्र भेटाएका स्थानियबासी गिरीधारी पौडेलले आफु नृत्यकर्मको लागि स्नान गर्न जाने क्रममा वेवारिसे अवस्थामा मतपत्र भेटिएका र खोलेर हेर्ने क्रममा एमाओवादीको हसियाहतौडा मात्र छाप लगाएको देखेपछि आफुले एमाओवादीको कार्यलयमा जानकारी गराएको बताएका छन ।
उता जिल्ला निर्वाचन कार्यालय पर्वतले भने निर्वाचनको सम्पूर्ण प्रकृया तत्कालिन समयको मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हुनाले आफुहरुलाई त्यो बारेमा केहि जानकारी नभएको जनाएका छन् । भने पर्वतका तत्कालिन मुख्य निर्वाचन अधिकृत माधवेन्द्र रेग्मीले निर्वाचनको प्रकृया जिम्मेवारी समेत तत्कालै सकिएकाले मतपत्र विर्सजनबारे आफुलाई कुनै जानकारी नै नभएको बताए ।
No comments:
Post a Comment