काठमाडौं।
एनेकपा माओवादीका अध्यक्ष प्रचण्डको आनीबानीबारे विभिन्न टिकाटिप्पणी
भइरहेका बेला पछिल्लो समयमा उनको किचन क्याबिनेटमा पनि गम्भीर समीक्षा भएको
स्रोतले जनाएको छ। प्रचण्डलाई रक्सी खाएर लुजटक गर्ने बानी भएको नेता भनेर
यसअघि युद्धकालमै माओवादीले दस्तावेजीकरण गरेको थियो।
पछिल्लो किचन
क्याबिनेटको बैठकमा भने पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डसंग तीनजना
चल्ताफिर्ता महिलालाई अनावश्यक प्राथमिकता दिएर आफ्नै व्यक्तित्व हल्का
बनाएको निष्कर्ष निकालिएको
स्रोतले जनाएको छ। सो बैठकमा नायिका रेखा थापासंग कम्मर जोडेर नाचेदेखि टिका लगाएर प्रवेश गराएसम्मको घटनाक्रमको समीक्षा भएको थियो।
स्रोतले जनाएको छ। सो बैठकमा नायिका रेखा थापासंग कम्मर जोडेर नाचेदेखि टिका लगाएर प्रवेश गराएसम्मको घटनाक्रमको समीक्षा भएको थियो।
एउटी नर्तकीलाई अनावश्यक स्थान दिनु र पार्टीमा
तामझामसाथ प्रवेश गराउने काम ठीक थिएन भन्ने आफू निकटस्थहरूको निष्कर्षलाई
प्रचण्डले आफ्नो पुरानै स्वभाव अनुसार ‘ठीक हो ठीक हो’ भनेर टाउको हल्लाएका
थिए। त्यस्तै रेडियो नेपालकी कर्मचारी उषा लोहनीलाई प्रधानमन्त्री भएका
बेला अमेरिकासम्म लैजानु र घरमा बोलाएर डिनर खुवाउनु पनि अध्यक्षको
व्यक्तित्वलाई नसुहाउने खालको भएको निष्कर्षमा प्रचण्डले ठीक हो भनेका थिए।
कृणवहादुर महरा, शक्ति बस्नेत लगायतका ६/७ जना नेताहरू सहभागी बैठकमा
नेपाल टेलिभिजनकी समाचारबाचिका मनिषा घिमिरेको कार्यक्रममा अध्यक्षले
सहभागी भएर आफ्नो हैसियत घटाएको टिप्पणी भएको थियो। संचारिक समूहको
महासचिवमा हारेपछि इनिसियटिभ फर उमन जर्नलिष्ट नामको संस्था खोलेर एउटा
कार्यक्रम गरेकी थिइन् मनिषाले। त्यस कार्यक्रममा एमाले उपाध्यक्ष विद्या
भण्डारी, कांग्रेसबाट सुजाता कोइराला सहभागी थिए।
तर एमाओवादीबाट भने
स्वयम् अध्यक्ष प्रचण्ड आफैं सहभागी भएर बेठीक गरेको निष्कर्ष निकाल्दा
प्रचण्डले त्यो गलत भएकै हो भनेको स्रोतले जनाएको छ। ‘सचिवालयले कार्यक्रम
राख्यो, ठीकै होला भनेर गएँ, गल्ती भएछ। ‘ उनको भनाइ थियो। अध्यक्षको हाइट
घटाउने खालका कार्यक्रममा नजाने र अनावश्यक नौटंकी व्प्यक्तिहरूलाई भेटेर
फोटो खिच्ने हल्काफुल्का कुरा पनि अब बन्द गर्नुपर्ने निष्कर्ष प्रचण्डको
किचन क्याबिनेटले निकालेको छ। कुन कुन कुराले गर्दा प्रचण्डको व्यक्तित्व
जनतामा गिर्दै गएको छ भन्ने समीक्षा गर्ने क्रममा यस्ता कुरा पनि आएको एक
निकट सहयोगीले बताए।
No comments:
Post a Comment