sankar koirala                 काठमाडौं। एउटै मन्त्रीले तीनवटा मन्त्रालय सम्हाल्दाको फाइदा मन्त्रालयका सचिवहरूलाई भएको छ। अहिलेका प्रायः सबै मन्त्रीले तीनवटा मन्त्रालय सम्हालेका छन्। खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारका केही मन्त्रीले बाहेक प्रायः सबै मन्त्रीले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन्। 
             जीवनमा कल्पनै नगरेको मन्त्री पद पाएका पूर्वप्रशासकहरूमध्ये कतिपय त कामको दबाबले निकै तनावमा पर्दैआएका छन्। सानो सानो नियुक्तिमा पनि पार्टीका नेताहरूले थाम्नै नसक्ने हस्तक्षेप गर्दा उनीहरूलाई निकै सकस हुने गरेको छ। कामको चापले मन्त्रीले समय दिन नसकेपछि मन्त्रालयमा सचिवहरू नै हावी हुने गरेका छन्। अर्थमन्त्रालयमा बजेटको तयारी
तीव्र गतिमा भइरहेकाले अर्थमन्त्रीले सम्हालेका उद्योग र बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव नै हावी हुने गरेका छन्। अर्थमन्त्री शंकर कोइराला बजेटको अन्तिम तयारीमा लागेकाले अति ब्यस्त छन्। उनले अर्थ मन्त्रालयबाहेक हेर्न नभ्याउँदा उद्योग मन्त्रालयमा सचिव कृष्ण ज्ञवाली र सहसचिव यामकुमारीको बोलवाला चल्दैआएको छ। त्यसै पनि ज्ञवालीलाई अर्थमै लाने प्रयासमा लागेका मन्त्री कोइरालाले ढुक्कैले उ द्योग मन्त्रालयको काम गर्ने छुट दिएका छन्। उद्योगका कर्मचारीले सचिव र सहसचिव यामकुमारीलाई छायाँ मन्त्रीको संज्ञा दिने गरेका छन्। 
                        मन्त्री बजेटतिर ब्यस्त भएकाले उद्योग मन्त्रालय मातहतका विभागीय प्रमुख र कार्यालय प्रमुखलाई घरमै बोलाएर सचिव ज्ञवालीले मोलमोलाई गर्दैआएको मन्त्रालयको कर्मचारी स्राेतले बतायो। उद्योगमा सबै काम छोडी सचिव ज्ञवाली विदेश भ्रमण र मन्त्रालय अन्तर्गतका नियुक्तिमा मोलमोलाइमा बिताउने गरेको आरोप छ।  सचिव ज्ञवालीले मैतीदेवीस्थित घरमै उ द्योग मन्त्रालयमातहतका निकायका प्रमुखहरूलाई बोलाउने गरेका छन्। एक हप्ताअघि मात्र उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्र चौरसियालाई उनले घरमै बोलाएको स्रोतले बतायो। चौरसिया एक उदाहरण हुन्, उ द्योग मन्त्रालयमा सचिव ज्ञवाली र औ द्योगिक प्रवर्द्धन महाशाखाकी सहसचिव यामकुमारी खतिवडाको राज चलिरहेको छ। औ द्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मण भट्टराईले सचिव ज्ञवाली र सहसचिव खतिवडालाई बेलायत घुमाएर ल्याएका छन्। निम्तो मागेर भट्टराईले छायाँ मन्त्रीहरू ज्ञवाली र खतिवडालाई एक हप्ता लण्डन घुमाएका छन्। योजना महाशाखाका सहसचिव जीतबहादुर थापालाई लैजानुपर्नेमा सचिवलाई खुसी पार्न सहसचिव खतिवडालाई बेलायत लगिएको उद्योग स्रोत बताउँछ। शंकर कोइरालाले उद्योगबाट अर्थमा सरुवा गरी पुरस्कृत गरे पनि सहसचिव खतिवडा उ द्योगबाट अर्थमा गएकी छैनन्। उद्योगमा उनीसंगै आएका सहसचिवहरूले धेरै मन्त्रालय चाहारिसकेका छन्। तर खतिवडा उ द्योगको कमाउ महाशाखामै छिन्। यसअघिका उ द्योग मन्त्री अनिलकुमार झाले पनि उनलाई सरुवा गरेनन्। सचिव ज्ञवालीलाई झालाई भनसुन गरी उ द्योगमा ल्याउने नै सहसचिव खतिवडा हुन् भन्ने चर्चा पनि त्यतिबेला हुने गरेको थियो। शंकर कोइरालाले मन्त्री हुनासाथ अघिल्लो सरकारले नियुक्त गरेका महाप्रबन्धक र अरु पदाधिकारीहरू सबै हटाउने बताए पनि अहिलेसम्म एकजना पनि हटाइएका छैनन्। उ द्योग मन्त्री कोइरालाले उनीहरूलाई किन हटाएनन् भन्ने प्रश्न पनि उठेको छ।
जताततै कमिसनको जालो
            उ द्योग मन्त्रालयका सचिव ज्ञवाली र सहसचिव खतिवडाको आडभरोसामा कम्पनी रजिष्टारको कार्यालय र उ द्योग विभागमा पनि सेवाग्राहीसंग चर्को घुस असुली हुने गरेको पीडितहरूको गुनासो छ। क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागू गरेको भनिए पनि कम्पनी र उ द्योगमा त्यो बडापत्र देखाउने दाँत मात्र भएको छ। रजिष्टार शंकर अर्याल लगायतको टोलीले घुस नदिने फाँटका कर्मचारीलाई शाखा परिवर्तन वा अक्षरका आधारमा हुने काम समेत खोसी कम काम, दाम आउनेमा पारिदिने गरेको गुनासो। ६ महिनाको बीचमा कम्पनीका कर्मचारीहरू ६ पटकै परिवर्तन भएको घटनाले पनि अनियमितता कति झांगिएको छ भन्ने कुरा खुलासा हुन्छ।  कम्पनीका हाकिमहरू दैनिकजसो दरबारमार्गको नाङ्लोमा बस्दै सेवाग्राहीहरूसंग मोलमोलाइमा ब्यस्त हुने गरेको बताइएको छ। स्रोतका अनुसार, कम्पनी रजिष्टार शंकर अर्याल पनि कम्पनीका केही नटवरलालहरूको फन्दामा परेका छन्। मन्त्रिपरिषद्ले मात्र हटाउन पाउने संगठन तालिकाबाट दर्ता शाखासमेत कम्पनीमा हटाइएको छ। सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले सहमति दिएपछिमात्र संगठन तालिका हटाउन पाइन्छ तर कम्पनी रजिष्टार कार्यालयका हाकिमहरूले आफैं हटाएका छन्। उद्योग विभागमा पनि कम्पनीकै जस्तो घुसखोरी मौलाएको गुनासो छ।