आर.बी.के शरदको निर्देशनमा छायांकन
भइरहेको चलचित्र ‘शीशा’मा भारतिय फूटबल टिमका क्याप्टेन भाइचुङ भूटियाको
पनि विशेष अभिनय रहेको छ । चलचित्रको सिक्किम छायांकन सकेर हालै मात्र
काठमाण्डौ फर्किएका निर्देशक शरदले
यो रहस्य खोलेका हुन् ।सिक्किममा
जन्मिएका भाइचुङ नेपाली मुलका हुन् । उनले भारतको राष्ट्रिय टिमबाट लामो
समयसम्म फूटबल खेलेका थिए । हाल उनी भारतको राष्ट्रिय फूटबल टिमको कप्तानको
रुपमा रहेको निर्देशक शरदले बताए । जीवन लुइटेललाई मात्र पक्का गरेर
सिक्किम हानिएका निर्देशक शरदले भूटियाले सिनेमामा काम गर्दा खुशी लागेको
बताए ।
यस्तै नेपाली सिनेमामा काम गर्न पाउदा भाइचुङ पनि निक्कै खुशी भएको
शरदले जानकारी दिए ।माधव
ढुंगेलको निर्माणमा छायांकन भइरहेको यो चलचित्रमा भाइचुङ विशेष भूमिकामा
देखिदैछन् । निर्देशक शरदले धेरै कुरा अहिले नै बताउन नमिल्ने भन्दै भने,
‘चलचित्रमा उहाँ सिक्किम पुगेको एउटा नेपाली टिमलाई विशेष सहयोग गर्ने
पात्रको रुपमा हुनुहुन्छ ।’ चलचित्रमा भूटियालाई समाजसेवी पात्रको रुपमा
चित्रित गरिएको छ । चलचित्रमा जीवन लुइटेल, उमा बेबी, रागिनी खड्गी लगायतका
कलाकारले अभिनय गरेका छन् । चलचित्रको ५० प्रतिशत छायांकन सकिएको र बाँकी
छायांकन काठमाण्डौमा गरिने बताइएको छ ।
No comments:
Post a Comment