“मसँग रहँदा नै सबै कुरा सिकेको भए अहिले यस्तो अवस्था आउने थिएन” फोन राख्ने बित्तिकै निर्माता छविराज ओझाको
मुखबाट यस्तै शब्दहरु निस्किए । “मैले कसरी हिसाब राख्छु, कोसँग कति
पैसामा काम गर्छु कहिले बुझ्न नै चाहिन” छविले फेरि कसैप्रति इङ्गीत गर्दै
भने ।
आफ्नो चलचित्र ‘लज्जा’को
छायांकन स्थलमा घाम ताप्दै गरेका छविलाई एक प्राविधिकले फोन ल्याएर दिएपछि
उनको पारो तातेको हो । छविलाई फोन गर्ने पात्र थिइन्, पूर्व पत्नी रेखा थापा ।
रेखाले एक प्राविधिकको मोबाइलमा फोन गर्दै छविलाई दिन आग्रह गरेकी थिइन् । उनले रेखाको
फोन भन्ने बित्तिकै ‘भन’ भन्दै रेखासँग कुरा सुरु गरेका थिए । रेखाले
छविसँग नयाँ चलचित्रको लागि निर्माण नियन्त्रकलाई कतिमा काम गराउने भनेर
सोध्न फोन गरेकी रहिछन् । नेपाली चलचित्रका बाठा निर्माता मानिएका
छविलाई रेखाको कुरा त्यतिबेला चित्त बुझेन, जब रेखाले उनै निर्माण
नियन्त्रकको मोबाइल
नम्बरमा फोन गरेर उनकै पारिश्रमिक छविसँग सोधिरहेकी थिइन् । “उसको पारिश्रमिक मेरो मोबाइलमा फोन गरेर सोध्छन् कि उसैकोमा” छवि कड्किए ।
नम्बरमा फोन गरेर उनकै पारिश्रमिक छविसँग सोधिरहेकी थिइन् । “उसको पारिश्रमिक मेरो मोबाइलमा फोन गरेर सोध्छन् कि उसैकोमा” छवि कड्किए ।
“सबै कुरा पहिले नै मसँग सिकेको भए अहिले
यस्तो अवस्था आउँथ्यो त ?” छविले कड्किँदै रेखाप्रति प्रश्न गरे “मसँग काम
गर्ने तरिका सिक, कसलाई कसरी काम गराउँछन् जान्ने-बुझ्ने गर भन्दा पटक्कै
टेरिन, अहिले आफैलाई परेपछि थाहा हुँदो रहेछ नि ।”
No comments:
Post a Comment