Saturday, January 11, 2014

कुस्मा-बलेवा यान्त्रिक पुल : आठ मिनेटको यात्रा अब चार मिनेटमै !

cable (4)           पर्वत २०७० पुष २७। मुलुककै पहिलो ब्याबसायिक यान्त्रिक पुल कुस्मा –बलेवा यान्त्रिक पुलमा नयाँ प्रबिधी जडान गरिएको छ ।
          केवलकार मोडेलमा निर्माण गरिएको पकुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले शुक्रबार देखि मोटर प्रबिधी परिर्वतन गरेको हो । नयाँ प्रबिधी जडान गरिएपछि आठ मिनेटको यात्रा अब चार मिनेटमै गर्न सकिने भएको छ ।
             पुरानो मोटर सिस्टममा यान्त्रिक पुल सञ्चालन गर्दा समस्या भएपछि नयाँ मोटर जडान गरिएको हो । नयाँ मोटरबाट पुलको सञ्चालन अवधी आधा घटेको छ भने लोडसेडिङ्गमा बत्ती जाँदा पनि मोटर आफ्नै गतिमा गुड्ने भएकाले बिचमा रोकिँदा झड्का लाग्ने समस्या समेत हटेको यान्त्रिक पुल प्रालिले बताएको छ । पहिले २२ हर्सपावरको मोटर जडान गरिएको थियो । त्यसको ठाउँमा अहिले ३० हर्स पावरको मोटर जडान
गरिएको छ । त्यसमा ब्याकअप समेत भएको बिद्युत अबरुद्ध हुँदा पनि कार गुड्न सक्छ । यसले गर्दा बिदुत अबरुद्ध हुँदा कारभित्रका यात्रुलाई हल्लेर झड्का लाग्ने समस्या हटेर गएको जानकारी दिईएको छ ।

No comments:

Post a Comment