Friday, July 26, 2013

शिव रेग्मीलाई चलचित्र क्षेत्रको साथ

                     धेरै कलाकार छन् जो बुढेसकालमा उपचार गर्न नसकेर छटपटिएका छन् । नेपाली सिनेमा नगरीले कलाकारहरुलाई साथ नदिएको पनि आरोप लाग्दै आएको छ । 
                 तर दुबै मृगौला फेल भएर प्रत्यारोपणको तयारीमा रहेका निर्देशक शिव रेग्मीलाई सिंगो सिने नगरीले साथ दिइरहेको छ ।चलचित्रकर्मी कल्याणकारी कोषबाट ५ लाख नगद हस्तान्तरण भएको केही दिनमै हलहरुको छाता संगठन चलचित्र संघले एक लाख नगद सहयोग गरेको छ । ओम अस्पतालमा उपचार गराइरहेका निर्देशक रेग्मीलाई भेटेरै चलचित्र संघका पदाधिकारीहरुले एक लाख सहयोग गरेका हुन् । चलचित्र संघका महासचिव प्रदिप उदयको नेतृत्वमा गएको टोलीले १ लाखको चेक हस्तान्तरण गरेको हो । यस्तै केही दिन अघि मात्र चलचित्र पत्रकार संघको संयोजकत्वमा ५० हजार नगद सहयोग गरिएको थियो ।

No comments:

Post a Comment