USembassy-kathmandu                            नेपालजस्तो बेरोजगारले भरिएको देशमा प्रहरीको जागिरलाई निकै आकर्षक मानिन्छ। त्यसमा पनि अधिकृत तहको त छुट्टै सान छ। तर, नेपाल प्रहरीका केही राम्रा प्रहरी अधिकृतहरू जागिर छाडेर विदेशिन थालेको देख्दा भने प्रहरीको जागिर झुर हुन थालेको संकेत मिल्छ। संगठनमा राम्रो पहिचान बनाएका र इन्सपेक्टरबाट भर्ना भएका प्रहरी अधिकारीहरू समेत धमाधम जागिर छाडेर विदेशिन थालेका छन्।
                    त्यसरी विदेशिने प्रहरी अधिकारीको पछिल्लो सूचीमा डिएसपी उत्तम पाण्डे उभिएका छन्। इन्सपेक्टरबाट प्रहरीमा जागिर सुरु गरेका पाण्डे प्रहरी संगठनमा भद्र प्रहरी अधिकारीमा रुपमा चिनिन्छन्। त्रिविको माष्टर डिग्रिमा गोल्ड मेडलिष्ट पाण्डेले गत
वर्षमात्र राष्ट्रपतिको हातबाट पुरस्कार लिएका थिए। उनै डिएसपी पाण्डे राजीनामा दिएर स–परिवार अमेरिका भासिएका छन्। डिभी चिठ्ठामा उनी अमेरिका पुगेका हुन्। केही महिना अघि मात्र अर्का डिएसपी जगदिश पोखरेल अमेरिका गइसकेका छन्। त्यस्तै डिएसपी बिनोद खरेल र सुरेन्द्र सिंहले पनि केही महिना अघि मात्र जागिर छाडेका हुन्। त्यस्तै एसपी दिवसराज उदास पनि डेढ वर्षअघि जागिर छाडेर अमेरिका गएका थिए।
                     ल्लो तहमा त जागिर छाड्नेको संख्या ठूलो छ। चालू आर्थिक वर्षमा झन्डै एक हजार जुनियर प्रहरी अधिकारीले राजिनामा दिइसकेको स्रोत बताउछ। पेन्सनको अवधि पुग्ने बित्तिकै जुनियर प्रहरीले जागिर छाड्ने गरेका छन्। पावर भएकाले मात्र संगठनमा अवसर पाउने, इमान्दार र चलखेल गर्न नसक्ने प्रहरी अधिकारी सधैं पेलानमा पर्ने भएकाले कतिपय राम्रा प्रहरी पनि फ्रस्टेशनमा परेर जागिर छाड्ने गरेका छन्।
बढुवा यसै साता
                  रहरीमा रोकिएको बढुवा यसै साता हुने भएको छ। गृहमन्त्री माधव घिमिरे शनिबार विदेश भ्रमणबाट फर्किएपछि बढुवाको विषयमा प्रहरी प्रधान कार्यलयले छलफल अघि बढाएको छ। प्रहरीमा हाल एसएसपीका सात दरबन्दी रिक्त छन्। जसका लागि दोब्बर प्रतिस्प्रर्धी लबिङमा छन्। तर कार्यक्षमताकै आधारमा बढुवा गर्ने प्रावधानलाई सर्वोच्च अदालतले समेत सदर गरिसकेकाले भ्रष्टहरू बढुवामा पर्ने कम सम्भावना रहेको स्रोत बताउँछ।