Tuesday, April 8, 2014

पर्यटक भित्र्याउन जेसीजको पदयात्रा

               राजु पौडेल २५ चैत्र, पर्वत । आतरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ पर्वत जेसीजले दुई दिने जेसीज पदयात्रा जिल्ला सदरमुकाम कुश्माबाट सुरु गरेको छ । रामनवमीको शुभ अवसर पारेर पूर्व अध्यक्षहरु सहित जेसीज वर्ष २०१४ का अध्यक्ष जेसी मातृकाप्रसाद लामिछानेको नेतृत्वमा गरिएको सो पदयात्रा पर्यटकीय क्षेत्र काँडे हुँदै अष्टे्रलियन घोपा क्याम्पबाट धम्पुस सहित कास्कीका महत्वपूर्ण पर्यटकीय स्थलहरुको अवलोकन तथा पर्वतको पर्यटन प्रचारप्रसार गरी टोली पर्वत फर्कने छ । पदयात्राका क्रममा जेसीजले पर्वत जिल्ला भित्र रहेका पर्यटकीय स्थलहरुको बारेमा सुसुचित
गराउने र यहाँका दर्शनीय तथा प्राचीन स्थलहरुका बारेमा विभिन्न जानकारीमूलक सन्देशहरु प्रवाह गर्ने कार्यक्रम रहेको जेसीजका अध्यक्ष जेसी मातृकाप्रसाद लामिछानेले जानकारी दिए । पर्यटन प्रर्वद्धन गर्ने कार्यक्रम प्रत्येक वर्ष जेसीले गर्दै आइरहेको र विभिन्न जिल्लामा पर्वतलाई चिनाउने कार्य गरिरहेको जानकारी दिए । पर्वत जिल्ला पर्यटकीय सम्भावना बोकेको जिल्ला भएको नेपालकै धेरै पर्यटक आउने क्षेत्र पोखराको नजिक भएरपनि अपेक्षाकृत पर्यटन प्रर्वद्धन हुन नसकिरहेको अवस्थामा जेसीजद्वारा गरिएको यो पदयात्राले पोखरा आउने पर्यटक तथा आन्तरिक पर्यटकहरुलाई पर्वतसम्म आउन सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ ।

No comments:

Post a Comment