Saturday, July 19, 2014

माघ ८ पछि केपी ओली प्रधानमन्त्रीः कृषिमन्त्री

               ३ साउन, काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले माघ ८ भित्र नयाँ संविधान बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने दावी गरेका छन् । एमाले नेता समेत रहेका पराजुलीले नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार नै कायम रहने बताए । 
               रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा पराजुलीले महाधिवेशनपछि पार्टी झन बलियो भएको बताए । यस पटक सरकारले किसानमुखी भएर कृषिको लागि योजना र बजेटको ब्यवस्था गरेको दावी गर्दै उनले बजेट कार्यान्वयन भए मुलुकमा कृषि क्रान्ति हुने ठोकुवा गरे ।कृषि क्षेत्र मुलुकको आर्थिक बृद्धिदर हासिल गर्ने आधार भएको भन्दै यस पटकको बजेटले कृषिको विकासमा ऐतिहासिक काम गर्ने विश्वास
ब्यक्त गरे ।

No comments:

Post a Comment