Sunday, January 12, 2014

प्रचण्डको सपना तुहियो : खनाल

jhalanath-khanal_20100313083652                  काठमाडौं, पुस २९ – एमाले अध्यक्ष झलनाथ खनाललाई कुनैबेला एमाओवादी अध्यक्ष प्रचण्डले नै प्रधानमन्त्री बनाएका थिए । प्रधानमन्त्री बन्न आफ्ना पार्टीका अन्य नेताहरुलाई चिढ्याएर प्रचण्डसँग पाँच बुँदे गोप्य सम्झौता गर्नसमेत पछि नपरेका झलनाथलाई अचेल प्रचण्डको नाम सुन्नासाथ रिस उठ्न थालेको छ । उनी अचेल प्रचण्डकै विरुध्द बोल्दै हिंड्न थालेका छन् । भन्छन्, ‘प्रचण्डको सपना तुहियो ।’
                     केही दिनअघि एमालेका केही नेताहरुको जमघटमा खनालले भने, ‘अब प्रचण्डका सपनाहरु केही पुरा हुनेछैनन् । त्यो उच्चस्तरीय राजनीतिक संयन्त्र पनि चाँहिदैन ।’ उनले उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा प्रचण्डलाई चलखेल गर्न नदिइने पनि खुलासा गरे । त्यसैगरी झलनाथले संवैधानिक समितिको अध्यक्ष हुने प्रचण्डको सपना पनि पुरा हुन
नदिने बताए । ‘संवैधानिक समितिको अध्यक्ष हुने प्रचण्डको सपना पनि तुिहयो, हामी कुनै हालतमा त्यो हुन दिन्नौं’, झलनाथको भनाई उधृत गर्दै सुत्रले भन्यो ।
                          झलनाथले प्रचण्डको बद्ख्वाई गर्ने क्रममा यसो पनि भने, ‘अब यो मुलुकमा प्रचण्डको दबदबा रहन्न् । उनको कुरालाई नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराइले त टेर पुच्छर लगाउन छाडे भने अब हामीले किन मान्ने ? अब उनको के नै हैसियत रह्यो र ? उनका छलकपट र दाउपेचका तौर तरिका पनि हामीले चाल पाइसक्यौं । अरुलाई उपयोग ग¥यो, लडायो अनी आफ्नो स्वार्थ पूरा ग¥यो । अब हामी त्यस्तो हुन दिन्नौं ।’
                    झलनाथ खनाल तिनै हुन्, जसले कुनैबेला एमाले र एमाओवादीवीच मोर्चा नै बनाउनुपर्छ भन्दै प्रचण्डसँग बार्ता थालेका थिए । एमालेको बुटवल महाधिवेशनले ‘क्रान्तिकारी शक्तिहरुवीच संघर्ष, एकता र रुपान्तरण’को नारा तय गरेको थियो । त्यसको अर्थ एमाओवादीलाई रुपान्तरण गर्ने ओलीको लाइन हो । तर, अध्यक्ष झलनाथले एमाओवादीसँग मिल्नका लागि यो नारालाई बदलेर ‘क्रान्तिकारी शक्तिहरुवीच संघर्ष, एकता र अझ उच्च एकता’ राखेपछि ओलीहरु आक्रोशित भएका थिए ।
                     यीनै झलनाथले अचेल आफनो लाईन १ सय ८० डिग्रीमा बदलेर ‘प्रजातन्त्रवादीहरुवीचको सहकार्य’ भन्न थालेका छन् । एमाओवादीको काँधमा चढेर प्रधानमन्त्री भएका झलनाथको चोंचोमोचो अचेल काँग्रेस सभापति शुसील कोइरालासँग मिल्न थालेको छ । सुशीलसँग तालमेल मिलाउन उनले हरेक दिन चार–पाँच पटक प्रचण्डलाई गाली गर्नैैपर्ने भएको छ । कसरी हुन्छ प्रचण्डका हरेक राजनीतिक गोटी असफल पार्ने ध्याउन्नमा छन्, झलनाथ ।

No comments:

Post a Comment