Saturday, January 11, 2014

मसँग राष्ट्रपति बन्ने क्षमता छैन : नेपाल

MAKUNEकाठमाडौँ, पुस २८ – नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपालले मुलुकमा लोकतान्त्रिक मूल्य र मान्यताको विकास गर्नका लागि राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएका छन् ।
              राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ जनआदेशअनुसार लोकतान्त्रिक मूल्य मान्यताको प्रणालीको विकास गर्नका लागि पनि राष्ट्रपति निर्वाचन हुनुपर्ने बताए ।
         प्रधानमन्त्री समेत भइससकेका नेता नेपालले भने, “राष्ट्रपति डा रामवरण यादवलाई हटाएर आफू राष्ट्रपति बन्न खोजेको हो भन्ने प्रश्न पनि सञ्चारकर्मीबाट आएको छ, सत्य त्यस्तो होइन, उहाँलाई हामी सम्मान गर्छौं, मेलै १० वर्षसम्म राष्ट्रपति बन्ने क्षमता राख्दिनँ ।” उनले भइरहेको राष्ट्रपतिलाई हटाएर अर्को राष्ट्रपति ल्याउनेभन्दा पनि विधि र प्रक्रियालाई मानेर राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने
आवश्यकता औल्याए ।
                       नेता नेपालले संविधानका धेरै मुद्दाहरु दस्तावेजका रुपमा नै तयार भइसकेको उल्लेख गर्दै सङ्घीयता र शासकीय स्वरुपमा विषयमा मात्र कुरा टुङ्गो लगाउन बाँकी रहेकाले दलहरु मिलेमा एक वर्षभित्र संविधान जारी गर्ने सङ्कल्प पूरा गर्न सकिन बताए ।

No comments:

Post a Comment