काठमाडौ,
पुस २७ -
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले राजनीतिक मुद्दामा अदालतको भर
पर्नुपर्ने अवस्था अशोभनीय र दुःखद् भएको टिप्पणी गरेका छन् । राजधानीमा आज
आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै सिंहले राजनीतिक दलहरुले समयमै
निर्णय लिन नसक्दा अदालत कुर्नुपर्ने अवस्था आएको धारणा राखे ।
'राजनीतिक दलले समयमै निर्णय गर्न नसक्दा यस्तो अवस्था आएको हो', सिंहले
भने,'अहिलेको घटनाबाट राजनीतिक दलले पाठ सिकेर अघि बढ्नुपर्छ ।' उनले
अदालतको निर्णय कुर्दा अस्थिरता बढ्ने चिन्ता व्यक्त गरे ।
उनले स्थानीय निकायको निर्वाचन ६ महिनाभित्र गर्नुपर्ने भन्दै यसको लागि
सबै दल एक हुनुपर्ने आवश्यकता औंल्याए । 'स्थानीय निकायको निर्वाचन
गर्नुपर्छ भनेर सबैले भने पनि कसैको चासो देखाएका छैनन्', उनले भने ,'६
महिनाभित्र स्थानीय निकायको चुनाव हुनुपर्छ ।' महामन्त्री सिंहले
ठूलो दलको हैसियतले कांग्रेसले सरकार गठनको लागि
आन्तरिक तयारी गरेको जानकारी दिए । उनले समय आएपछि सहमतिको प्याकेजबारे
एमालेलगायत अन्य दललाई औपचारीक जानकारी गराउने बताए । 'ठूलो दलको रुपमा
सरकार गठनको लागि हाम्रो तयारी भइरहेको छ', सिंहले भने,'समय आएपछि अन्य
दललाई जानकारी गराइनेछ ।'
उनले सकेसम्म सहमतीय सरकारको लागि प्रयास गर्ने र नभए कांग्रेसकै नेतृत्वमा बहुमतीय सरकार बन्ने दाबी गरे ।
No comments:
Post a Comment