पंकज चौधरी/सुजन पन्त
पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका छन्, ‘मुलुकमा ठूलै अनिष्ट हुँदैछ । कसैले यहाँ ठूलै घटना गराउनेवाला छ । त्यो घटनापछि निर्वाचनको वातावरण बिथोलिनेछ । मलाई त्यसबारेमा गोप्य सूचना प्राप्त भएको छ ।’
पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका छन्, ‘मुलुकमा ठूलै अनिष्ट हुँदैछ । कसैले यहाँ ठूलै घटना गराउनेवाला छ । त्यो घटनापछि निर्वाचनको वातावरण बिथोलिनेछ । मलाई त्यसबारेमा गोप्य सूचना प्राप्त भएको छ ।’
केही दिन पहिले काठमाडौंको बल्खुस्थित
पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारी चयनलाई अन्तिम रुप दिन भेला भएका
एमाले नेताहरुको जमघटमा वरिष्ठ नेता माधव नेपालले ‘मुलुकमा ठूलै घटना हुन
लागेको’ जानकारी दिएपछि एमालेका अन्य नेताहरुले विष्मयको जिब्रो टोके ।
एमाले अध्यक्ष झलनाथ खनाल र बामदेव गौतम
लगायतका नेता झस्कीए ।
लगायतका नेता झस्कीए ।
बामदेवले प्रश्न गरे, ‘कसले कहाँ के घटना
गराउँदैछ कमरेड ?’ माधवले भने, ‘अब त्यो सबै कुरा मलाई थाहा भएन, तर कुनै न
कुनै ठूलै घटना यहाँ हुनेवाला छ हेर्र्दै जानुहोला । त्यसले निर्वाचन फेरी
पर धकेलीने छ ।’ माधवले एकाएक यस्तो जानकारी दिएपछि एमाले
नेतृत्व पंक्ती हुँदै यो खबर पेरिस डाँडास्थित एमाओवादी केन्द्र्रीय
कार्यालयसम्म पुग्यो । पूर्व गृहमन्त्री रहेका बामदेव गौतमले यसबारेमा
सेना, प्रहरी र गुप्तचर अधिकारीसँग पनि सोधखोज गरे । उनले आफू निकटका
पत्रकारसँग पनि सोधे । कसैबाट पनि त्यस्तो घटनाको कुनै संकेतको नमिलेपछि
बामदेवले आफू निकटका नेताहरुसँग भने, ‘सूचना श्रोत त मेरो पनि दरै छ,
माधवजीले कसरी कुन आधारमा यसरी ठूलै घटना हुँदैछ भनेर भनिरहनुभएको छ ?’
खास कारण एमाले नेता माधवले यसरी ‘कुनै अनिष्ट
हुँदैछ, निर्वाचन हँुदैन’ भनेर एमाले नेताको भेलामा भन्नु, त्यो कुरा
चारैतीर फैलनुको एउटै उद्देश्य थियो, निर्वाचनको बातावरण बिथोल्ने । एमाले
निर्वाचनमा जान अनकनाइरहेको पछिल्ला घटनाक्रमले देखाउँछ ।
केही दिन पहिले प्रहरी र गुप्तचर निकायमा
चुनावी गणितका बारेमा अधिकारीहरुवीच छलफल भएको थियो । त्यो छलफलमा
निर्वाचनमा एमाओवादीकै पलडा भारी भएको विश्लेषण गरिएको थियो ।
गुप्तचर विश्लेषण अनुसार पछिल्लो
कालखन्डमा मधेशमा एमाओवादीको प्रभाव पहिलेभन्दा बढेको छ । खासगरी केन्द्रीय
नेताहरु प्रचण्ड र बाबुराम मधेशबाट खडा भएपछि त्यसले त्यस क्षेत्रमा एकाएक
सकारात्मक प्रभाव पारेको गुप्तचर आँकलन छ । मधेशमा मात्रै एमाओवादीले ८०
सीट कटाउने गुप्तचरको आँकलन छ । त्यसैगरी मध्यक्षेत्र बागमतीमा पनि
एमाओवादीको प्रभाव बढेको आँकलन गरीएको छ । पहिले जितेका स्थानमा पकड दरीलै छ
।
एमाले र काँग्रेसको क्षयीकरण, ती दलबाट
धमाधम एमाओवादीमा नेता र कार्यकर्ताको ओइरो, दुई माओवादीवीचको विभाजन
असरहीन र अन्तर्राष्ट्रिय सद्भाव पनि एमाओवादीलाई बढी भएकाले हरेक
क्षेत्रका मतदाता एमाओवादीलाई बहुमत दिलाउने पक्षमा रहेको गुप्तरको
सर्वेक्षणको निश्कर्ष छ ।
गुप्तचर अधिकारीबीचको छलफलमा निर्वाचनमा
वैद्य माओवादीलाई चुनावको मुख्य चुनौतीका रुपमा लिइएको थियो । ‘वैद्य
माओवादीले काभ्रेमा झैं सवारी साधनमा आगो लगाउन थालेमा र हिंसा भड्काउन
थालेमा बल प्रयोग गरेर भए पनि स्थिति नियन्त्रणमा लिनुपर्ने देखिन्छ’,
गुप्तचर स्रोत भन्छन, ‘परेमा सुट गर्नु भन्ने माथिको आदेश छ । त्यसैले
सुरक्षा अंगहरुलाई हाइ अलर्ट अवस्थामा राख्नुपर्ने देखिन्छ ।’
गुप्तचरको चुनावी आँकलन यस्तो रहेको खबर
एमाले नेताहरुको पनि कानमा प¥यो । पूर्व गृहमन्त्री एवं एमाले नेता केपी
ओलीले यो खबर सरकारमा रहेका एमाले निकटका मन्त्री र आफुले भर्ती गरेका
गुप्तचर कार्यकर्ताबाट थाहा पाए । त्यसपछि उनले अध्यक्ष खनाललाई फोन गरेर
भने, ‘अध्यक्षज्यू किन चुनाव चुनाव भनेर हिंडीरहनुभएको छ ? एमाओवादीले सबै
सोहोरेर लैजाने चुनावमा भाग लिएर हामीलाई के फाइदा ? तपाईलाई इलाममै
हराइदिन्छन् । अझ तराइबाट उठने कुरा गर्दै हुनुहुन्छ । यसो उसो गरेर
निर्वाचन पर सार्नु नै उचित होला ।’
ओलीको प्रस्तावको कुरा खनालले बामदेव
गौतमलाई बताए । बामदेवले भने, ‘निर्वाचन सार्नतीर गयो भने सबै भताभुंग
हुन्छ । मंसिर ४ को निर्वाचन भएन मुलुकमा अर्को निरंकुशताको खतरा हुन्छ ।
निर्वाचन त गराउनैपर्छ ।’ त्यसपछि खनाल उम्मेदवारी चयनको अन्तीम तयारीमा
जुटे । ठीक यसैबेला माधव नेपाल हल्ला चलाइरहेका छन, ‘मुलुकमा ठूलै अनिष्ट
हुनेवाला छ । निर्वाचन भाँडीनेवाला छ ।’ आखिर के हुँदैछ त्यस्तो घटना ? त्यो त माधवलाई नै थाहा होला ।
No comments:
Post a Comment