Saturday, July 19, 2014

विराट र अनुष्का इङ्ल्यान्डमा रोमान्स गर्दै

              नायिका अनुष्का शर्मा यतिबेला बेलायतमा आफ्ना प्रेमी विराट कोहलीस“ग रोमान्स गरिरहेकी छिन् । यतिबेला भारतको क्रिकेट टिम इङ्ल्यान्डमा छ । उक्त अवसरमा विराटलाई साथ दिन अनुष्का पनि इङ्ल्यान्ड पुगेकी हुन् । हालै मात्र बेलायतको एक शहरमा विराट र अनुष्का देखिएका छन् । दुबै जना एक अर्काको साथले निक्कै खुशी देखिएका छन् । प्रेममा परेको लामो समय भैसक्दा पनि अनुष्का र विराटले एक अर्काको साथलाई अस्विकार गर्दै आएका छन् । तर अनुष्काको घरमा विराट देखिएकोदेखि जन्मदिनमा पनि एकसाथ भएको खबरले बलिउड बजारलाई भने
तताइरहेको नै छ ।

No comments:

Post a Comment