म्याग्दी २०७० असोज 18 संबिधानसभा निर्वाचन बहिस्कार आन्दोलन
गर्दै आएका नेकपा माओवादीले बिहीबार बेनी र बागलुङ बजारमा मुख्य चार
राजनितिक दलका शिर्ष नेताहरुको पुत्ला दहन गरेका छन् ।
अन्य राजनितिक दलहरु संबिधानसभा निर्वाचनका लागि उमेद्वारी मनोनयन दर्ता तयारीमा रहेका बेला जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडीको चोक र बागलुङको लोकतान्त्रिक चोकमा नेकपा माओवादी र नेकपा एकिकृतका नेता कार्यकर्ताले शिर्ष नेताको पुत्ला दहन गरेका हुन् ।

माओवादी कार्यकर्ताहरुले एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड,
काँग्रेस सभापति शुशिल कोईराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार
फोरम लोकतान्त्रीकका अध्यक्ष बिजयकुमार गच्छादारको पुत्ला दहन गरेका थिए ।
उनीहरुले बिदेशीको ईशारामा हुन लागेको संबिधानसभा निर्वाचनले देशको
समस्या समाधान नगर्ने र संबिधान बन्ने समेत ग्यारेन्टि नभएको भन्दै
बहिस्कारको आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
नेकपा माओवादी म्याग्दीका सहईञ्चार्ज लालु किसानले सञ्चालन गरेका पुत्ला
दहनपछिको कोणसभालाई सम्बोधन गर्दै अर्का सहईञ्चार्ज मिनबहादुर बानियाले
संबिधानसभा निर्वाचनलाई असफल पार्ने बताउँदै त्यसमा सहभागि नहुन अन्य
राजनितिक दलका नेताहरुलाई चेतावनी दिए ।
No comments:
Post a Comment