Tuesday, December 17, 2013

ऋतिकको वैवाहिक जीवनको अन्त्य

hrithik-susannes    मुम्बाई, मंसिर २८ – बलिवुड अभिनेता ऋतिक रोशन उनका श्रीमति सुजेनबीच सम्बन्ध विच्छेद भएको छ । शुक्रबार ऋतिकले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन् ।
          विज्ञप्तिमा भनिएको छ, ‘सुजेनले मसँग छुट्टिने निधो गरेकी छिन् र हाम्रो १७ वर्षको सम्बन्धलाई अन्त्य गर्न चाहेकी छिन् । यो हाम्रो सम्पूर्ण परिवारका लागि दुःखको घडी हो र मलाई आशा छ मिडियाले हाम्रो परिवारलाई एकान्त समय दिनुहुनेछ ।’ रोशले विज्ञप्तिमा आफ्ना फ्यानहरुलाई निरास नहुन आग्रह आफ्नो उपचार चलिरहेको र चाँडै फर्कने बताएका छन् । दुई महिनाअघि देखि सुजेन आफ्नो पिता संजय खानको घरमा बस्न थालेपछि ऋतिक र सुजेनको सम्बन्धमा खटपट भएको अनुमान धेरैले लगाएका थिए । अन्तिम पटक उनीहरुलाई ऋतिकका पिता राकेश रोशनको जन्मदिनको पार्टीमा सँगै देखिएको
थियो । मिडियामा उनीहरुको सम्बन्ध बिच्छेदको बारेमा रिपोर्ट आए पनि दुवैले यसलाई भ्रामक खबर भन्दै आएका थिए ।
मिडिया रिपोर्टका अनुसार ‘काइटस्’ चलचित्रको सुटिङको दौरान ऋतिक र उक्त चलचित्रकी नायिका बार्बरा मोरीबीच बढेको निकटतालाई लिएर सुजेन र ऋतिकबीच पहिलो पटक खटपट भएको थियो । त्यतिबेला सो झगडा समाप्त भएको भनिए पनि अझै पनि सुजेनलाई ऋतिकको अन्य महिलासँग सम्बन्ध रहेको शंका थियो । यसै कारणले उनीहरु बीच सम्बन्ध बिच्छेद भएको बताइन्छ ।

No comments:

Post a Comment