Saturday, July 19, 2014

म्याग्दी जिल्लामा ९१ प्रतिशत विकास बजेट खर्च !

              सन्तोष गौतम, म्याग्दी  । आर्थिक वर्ष २०७०/७१ मा म्याग्दी जिल्लामा बिनियोजित मध्य ९१.४४ प्रतिशत बजेट खर्च भएको छ । जिल्ला स्थित सरकारी कार्यालय मार्फत विकास योजना तथा कार्यक्रमका लागि बिनियोजन भएको मध्य ८.५६ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीले जनाएको छ । पुजीगत तर्फ १० करोड पाँच लाख ४७ हजार ९०० रुपैया बिनियोजन भएकोमा ८ करोड ९६ लाख ७५ हजार ३३६ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख रबीराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार समयमै काम हुन नसकेपछि एक करोड ८६ लाख १५ हजार ६४ रुपैया फिर्ता भएको छ । यसैगरी चालु तर्फ एक अबर ४२ करोड १२ लाख ३३ हजार ७९ रुपैया बिनियोजन भएकोमा एक अरब ३० करोड १३ लाख १८ हजार ५७२ रुपैया खर्च भएको छ । जिविस, विभिन्न परियोजना र केही कार्यालयले
विकास खर्चलाई पनि चालुतर्फ समावेश गरेकाले कर्मचारीको तलव भत्ता र प्रशासनीक खर्च समावेश गरिने चालुतर्फको बजेट ठूलो मात्रामा फ्रिज भएको हो । जिविस अन्र्तरगत विकेन्द्रित ग्रामिण पुर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम –ड्रिलीप) मार्फत सडक विस्तारका लागि आएको ९ करोड ६१ लाख ५५ हजार रुपैया मध्ये ५ करोड ६२ लाख ७ हजार खर्च हुन नसकेपछि फिर्ता भएको छ । बढी बजेट फ्रिज हुने कार्यालयहरुमा जिल्ला शिक्षा र महिला तथा बालबालिका कार्यालय लगायतका छन् । जिल्ला शिक्षा कार्यालय मार्फत भौतिक पुर्वाधारका लागि बिनियोजित बजेटको अन्तिम किस्ता आर्थिक वर्षको अन्तिममा मात्र फुकुवा भएकाले खर्च हुन नसकेको बताइएको छ । यसैगरी महिला तथा बालवालिका कार्यालय र सरकारी वकिलको कार्यालयको भवन निर्माण योजना समयमै सम्पन्न भएपछि फ्रिज भएको छ । यस वर्ष म्याग्दी स्थित विभिन्न सरकारी कार्यालयहरु मार्फत सात करोड तीन लाख ८० हजार ९३२ रुपैया राजस्व संकलन भएको छ । जुन गत वर्षको तुलनामा २५.६७ प्रतिशत बढी हो । आर्थिक बर्षको अन्त्यमा काम सम्पन्न गरी फर्जी कागजत ल्याएर आउनेलाई निगरानी गरेपछि विगतमा असार २५ पछि गरिने अपारदर्शी खर्च रोकिएको कोलेनीकाले दावी गरेको छ ।

No comments:

Post a Comment