Sunday, October 6, 2013

आलाम घटना छानबिन आजबाट

Mahmood_Alam       काठमाडौं, असोज २० – नेकपा एमाले उम्मेदवार महमुद आलममाथि भएको हत्या प्रयासको आजबाट छानविन हुने भएको छ ।
           सरकारले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा काम सुरु गर्ने लागेको हो । हिजो सरकारले एआईजी दिनकरसमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । एमालेका बारा जिल्ला निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार आलामलाई शुक्रबार अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या प्रयास
गरेका थिए । निर्वाचन प्रचारक्रममा रहेका आलममाथि गोली प्रहार गरिएको भोलिपल्ट गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो । सत्यतथ्य पत्ता लगाएर एक साताभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । गोली प्रहारबाट घाइते हुनुभएका आलामको अवस्था नाजुक रहेको शिक्षण अस्पतालले जनाएको छ ।

No comments:

Post a Comment