Sunday, October 6, 2013

नेपालको चुनावमा भारतीय हस्तक्षेप

indian bus          काठमाडौ। नेपालमा हुने भनिएको संविधानसभाको निर्वाचनमा भारतीयहरुले प्रत्यक्ष हस्तक्षेप शुरु गरेको देखिएको छ। प्राप्त समाचारहरु अनुसार  निर्वाचनमा होमिएका नेताले प्रचार प्रसारका लागि तराईका जिल्लाहरुमा अत्यधिक रुपमा भारतीय गाडी प्रयोग हुन थालेका छन्।
            नबलपरासीको सीमावर्ती गाविसमा भारतीय नम्बर प्लेटका जीप र मोटरसाइकलको प्रयोग गरेका छन्। उनीहरुले भारतवाट ल्याउँदा सस्तो हुने भएकाले प्रयोगमा ल्याएको दाबि गरे पनि त्यस्ता गाडीहरु प्रायोजित भएको थाहा
भएको छ। निर्वाचन आचारसंहिता विपरित प्रयोग गरिएका त्यस्ता गाडीको निर्वाध प्रयोग हुँदा निर्वाचन आयोग मौन रहेको छ। भारतीय गाडी प्रयोग गर्न नपाइँने निर्वाचन आयोगको भनाई छ। सदरमुकाम परासी र सीमावर्ती गाविसमा गाडीको प्रयोग अत्याधिक रहेको जानकारहरुको भनाई छ। भन्सार तिरेर भित्रिएका गाडी प्रयोग गर्नपाइने भएपनि त्यत्तिकै आउने वढी छ। तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठी र शिवसेना नेपालका उम्मेदवारलाई सघाउन स्वतन्त्र उम्मेदवारी दिएकाले भारतीय गाडीको अत्यधिक प्रयोग गरेको कतिपयको भनाई छ। यसैबीच गत असोजको शुरुतिर बर्दियाको गुलरियामा भारतीय प्रहरीले गरेको विवादस्पद खानतलासी सार्वभौमसत्तामाथि आंँच पुर्याउने खालको भएको ठहरगर्दै एक उच्चस्तरीय सरकारी टोलीले कूटनीतिक माध्यमार्फत ती सुरक्षाकर्मीलाई कारबाहीको पहलगर्न नेपाल सरकारसमक्ष सिफारिश गरेको छ। उक्त घटनामा नेपालतिर, सम्बन्धित जिल्लाका सशस्त्र तथा नेपाल प्रहरी र भन्सार कार्यालयका कर्मचारी समेत दोषी पाइएको भन्दै डेढ दर्जनभन्दा बढी अधिकारीहरुलाई विभागीय कारवाहीको सिफारिश पनि गरिएको उक्त टोलीका संयोजक, गृहमन्त्रालयका सहसचिव चूडामणि शर्माले बीबीसी नेपाली सेवालाई बताउनु भएको छ। तीमध्ये एकजना, प्रहरी प्रमुख एआइजीका दावेदार मानिएका उच्च अधिकारीसमेत रहेका छन्। अनधिकृत त्यस्ता सिफारिश सहितको झण्डै ४० पृष्ठ लामो प्रतिवेदन टोलीले गत साता बिहीबार गृहमन्त्री माधवप्रसाद घिमिरेलाई बुझाएको थियो। गत असोज २ गते गुलरियास्थित एक जना स्थानीयवासीको घरमा बर्दीमा आएका भारतीय प्रहरीले खानतलासी गरेको घटना अनधिकृत भएको निष्कर्ष निकालिएको उक्त प्रतिवेदनले कूटनीतिक माध्यममार्फत त्यसको उपचार खोज्न सरकारलाई भनेको छ।

No comments:

Post a Comment