Thursday, December 19, 2013

भाजपाका उपाध्यक्ष भगतसिंह भोलि नेपाल आउँदै

               ५ पुस,काठमाडौं । भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारी नेपाल भ्रमणका लागि आउनुहुने भएको छ ।
                  चार दिने भ्रमणका लागि उहाँ भोलि शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बुझ्न नेपाल आउन लाग्नुभएका उहाँले राष्ट्रपति, मन्त्रिपरिषदका अध्यक्ष विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 
                   भारतमा भारतीय जनता पार्टीका उपाध्यक्षको नेपाल भ्रमणसँगै उहाँले मुख्य राजनीतिक दलका शीर्ष नेतालाई भेट गर्न हुने भएकाले उहाँको भ्रमणलाई अर्थपूर्ण रुपमा
हेरिएको छ ।

No comments:

Post a Comment