Thursday, December 19, 2013

एमाले जे गर्न पनि तयारः ज्ञवाली

                 काठमाडौं, पुस ५– नेकपा एमालेका सचिव युवराज ज्ञवालीलले एमाले प्रतिपक्षमा बस्न तयार रहेको बताउनु भएको छ । चुनाव पछि पहिलो पार्टी बनेको नेपाली काँग्रेसले एमाओवादीसंग मिलेर सरकार बनाए एमाले प्रतिपक्षमा बस्ने उहाँको भनाई छ । सहमति भएमा सरकारमा जान एमाले तयार रहेको सचिव ज्ञवालीले बताउनु भयो । 
                  नयाँ चुनाव पछि राष्ट्रपति फेरिनुपर्ने अडान दोहोर्याउदै सचिव ज्ञवालीले काँग्रेसले दुईतिहाई मत पाए जस्तो गरि सवै पद आफंैले राख्न खोजेको आरोप लगाउनु भयो । एक रेडियो अन्तरवार्तामा ज्ञवालीले संविधान निमार्णको बिषयमा १२ बुंदे समझदारीका पक्षधरहरु मिलेर जानुको बिकल्प नभएको बताउनु भयो । विगतमा भएका सहमतिलाई यथावत राख्दै बाँकी बिबादीत बिषयमा सहमति खोज्ने
उहाँको भनाई छ । सहमति नभए संविधानसभाभित्र मतदान गरेर संविधान जारी गर्नुपर्ने सचिव ज्ञवालीको भनाई छ ।

No comments:

Post a Comment