Tuesday, December 17, 2013

“रेग्मी र उप्रेतीको नियुक्ति महाभुल”

           काठमाडौं चुनाव हारेपछि एमाओावदीले त्यसको दोष अरुलाइृ पन्छाउन थालेका छन। सोही क्रममा एकिकृत नेकपा माओवादीका प्रवक्ताले अग्नी सापकोटाले प्रधानन्यायाधीश खिलराज रेग्मी र निलकण्ठ उप्रेतीलाई अन्तरिम निर्वाचन मन्त्रीपरिषदको अध्यक्ष र निर्वाचन आयोगको प्रमुख बनाएर उनको पार्टीले ठूलो गल्ती गरेका बताएका छन्। एमाओवादी प्रवक्ता सापकोटाले हामीले रेग्मी र उप्रेतीजस्ता पार्टीका व्यक्तिहरुलाई सरकार प्रमुख र निर्वाचन आयोगको प्रमुख बनायौ यतिखेर त्यो गल्ति भयो। मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा अनपेक्षित पराजय भोगेपछि धाँधलीको आरोप लगाउदै आएको एमाओवादीका प्रबक्ताले रेग्मी र उप्रेती कुन पार्टीका मान्छे
थिए भन्ने खुलाएनन्। एक कार्यक्रममा उनले भने सरकार प्रमुख र निर्वाचन प्रमुखले यसरी सुनियोजित र प्रायोजित रुपमा सुक्ष्म धाँधली गरेकी उनको पार्टीले पत्तै पाउन सकेन। मंसिर ४ को निर्वाचनलाई निर्वाचनमा कसरी धाँधली गर्न सकिन्छ भन्ने विश्वविद्यालयको सिकाइ नै बनेको दाबी गर्दै उनले भने, यो निर्वाचन संसदको फोहोरी चुनाव जस्तै भयो। जहाँ उम्मेदवारहरुले पैसाको खोलो बगाएर निर्वाचनलाई बदनाम गर्नेसम्म भयो जुन प्रकृतिको निर्वाचन मुलुकले थेग्न सक्दैन। सापकोटाले यो निर्वाचनमा प्रगतिशिल र अग्रगामी शक्तिलाई पाखालगाई अभिजात बर्गको स्वार्थ सिद्ध गर्न कलात्मक रुपमा धाँधली भएको समेत दावी गरे। एमाओवादीको हैटौडामा सम्पन्न महाधिवेशनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै मुलुकमा विद्यमान राजनी
तिक अन्यौलता हटाउन प्रधान न्यायाधीशको अध्यक्षतामा अन्तरिम चुनावी सरकार गठनको प्रस्ताव पेश गर्दै आफूले प्रस्तुत गरेको प्रस्तावमा नेपाली कांग्रेस र एमालेका नेताहरु पनि नाकको चालले सहमत हुने दाबी गरेका थिए। जुन कुरामा आनाकानी गर्दै कांग्रेस र एमाले पनि सहमत भएपछि गत चैतमा खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार बनेको थियो। तत्पश्चात उच्चस्तरीय राजनीतिक संयन्त्रको नाममा गठन भएको एक समितिले निर्वाचन आयोगका प्रमुखसहित अन्य आयुक्तहरुका साथै अख्तियार र लोकसेवा आयोगको प्रमुख राजनीतिक भागबण्डामा नियुक्ति गरेका थिए।

No comments:

Post a Comment