Sunday, January 26, 2014

‘सक्षम’ संसदीय दलका नेताको खोजीमा एमाओवादी '

 दिनदिनै डिनर समस्या जहाँको त्यहीँ ‘सक्षम’ 
                           काठमाडौं, माघ १३ – एकीकृत नेकपा (माओवादी) भित्र संविधानसभामा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा विवाद बढेको छ । पार्टीका अध्यक्ष प्रचण्ड तथा डा. बाबुराम भट्टराईले संसदीय दलको नेता नबन्ने बताएपछि माओवादी विवाद बढेको हो । पार्टीका अर्का शीर्ष नेता नारायणकाजी श्रेष्ठ भने २६ जना भित्रै पनि संविधानसभामा नजाने बताएका छन् ।
                     एमाओवादीका एक शीर्ष नेताका अनुसार प्रचण्ड र भट्टराई संसदीय दलको नेता नबन्नेभएपछि संविधानसभाभित्र संविधान निर्माण प्रक्रियामा सकारात्मक हस्तक्षेप गर्न सक्ने नेता को हुनसक्छ भन्ने विषयमा नेताहरु विभाजित भएका हुन् । ‘जो कोहीलाई संविधानसभाको संसदीय दलको नेता बनाएर मात्र भएन संविधानसभामा पार्टीको तर्फबाट भूमिका खेल्न पनि सक्नुप¥यो,’ उनले बताए । प्रचण्ड र भट्टराई हटेपछि सम्भावना बोकेका नेतामा प्रचण्ड पक्षबाट कृष्ण बहादुर महारा र भट्टराई पक्षबाट
टोपबहादुर रायमाझीको नाम चर्चामा छ । यद्यपि, एक थरी नेताहरुले भने प्रचण्ड नै संसदीय दलको नेता हुनुपर्ने माग राखेका छन् । यसमा एमाओवादी प्रवेश गरेका रामचन्द्र झा देखि उर्मिला अर्याल समेत रहेका छन् । प्रचण्ड वा बाबुराम संसदीय दलका नेता नबनेमा पार्टीमा संसदीय दलको नेताका लागि निर्वाचन गर्नुपर्ने माग पनि जोडदार रुपमा उठेको छ । ‘अध्यक्ष संसदीय दलको नेता नबने यसका लागि पार्टीभित्र निर्वाचन हुनुपर्छ,’ एक नेताले रातोपाटीलाई बताए । प्रचण्ड नबने आफूहरु समेतले उम्मेदवारी दिनपाउनुपर्ने उनको माग थियो
अर्का एक नेताले भने महारा संसदीय दलको नेता बन्ने र रायमाझी उप–नेता बन्ने विषयमा शीर्ष नेताहरु बीच सहमति भइसेकेको दाबी गरेका छन् । ‘हाम्रा नेताहरु नसुध्रिने भए । उनीहरु बीच महरालाई संसदीय दलको नेता र रायमाझी उप–नेता बन्ने सहमति भइसकेको छ । बेकारमा विवाद बढाइरहेका छन्,’ उनले रातोपाटीलाई बताए । दिनदिनै डिनर उपलब्धी शुन्य />एमाओवादीकै एक केन्द्रीय सदस्यले भने हुँदै नभएको पार्टीको संरचनामा विवादलाई समाधान गर्ने प्रयास गरेर यो समस्या बढेको बताए । ‘पूर्व पोलिटब्युरो भन्ने कुनै संरचना पार्टीमा कहीँ पनि छैन त्यसमा छलफल गरेर हुन्छ ?’ उनले प्रश्न गरे । दिनहुँ कुनै न कुनै नेताको घरमा लन्च र डिनर गरेर यो समस्या समाधान नहुने उनको धारणा थियो । उनले भने, ‘कहिले प्रचण्डकोमा, त कहिले बाबुराम त कहिले महराकोमा लञ्च र डिनर आयोजना गरेका छन् । विवादीत विषयलाई विधिवत् ढंगमा पार्टीको केन्द्रीय समितिमा ल्याउनुप¥यो नी ।’

No comments:

Post a Comment