म्याग्दी २०७० माघ ९ । म्याग्दीको लुलाङ गाविसमा केही दिनतया
फैलिएको संक्रमणका कारण पशुहरु मर्न थालेका छन् । फिला सुनिने, ज्वरो आउने,
झोक्रने र अन्तमा पशुहरु मर्ने गरेका स्थानीयले बताएका छन् ।
संक्रमणका कारण हालसम्म ४५ वटा गाईभैसी मरीसकेका लमसुङबाट तारा पुर्जाले
बताए । जिल्ला पशु सेवा कार्यालय म्याग्दीका पशु चिकित्सक जीवनप्रसाद
आचार्यले रोगको पहिचान भइनसकेको र प्रभावित क्षेत्रमा प्राबिधिक परिचालन
गरिएको जानकारी दिएका छन ।
पशुहरु मर्न थालेको जानकारी प्राप्त भएलगत्तै बुधबार ताकम पशु सेवा
केन्द्रका प्रमुख धर्मराज जैसीको नेतृत्वमा थप प्राबिधिक
प्रभावित
क्षेत्रमा पुगेको र नियन्त्रणको लागि पहल भइरहेको आचार्यले बताए ।
No comments:
Post a Comment