Wednesday, January 22, 2014

घुम्न नपाएपछि अपराधमा तनाव

                 काठमाडौं माघ ९। डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका गृहमन्त्री विजय गच्छेदारको कार्यकालमा प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत सूचना संकलक भनी राखिएका विभिन्न पदका ४१ प्रहरी अहिले यता न उता भएका छन्।
                       सिभिलमा सूचना संकलन गर्न राखिएका ती प्रहरीको काम कारागार, भन्सार जस्ता  कार्यालयमा राख्ने गरिएको थियो। कारागार वरिपरि बस्ने, खुँखार अपराधी जेलबाट रिहा हुँदैछन् भने उनीहरूको बारेमा विभागमा सूचना लिने थियो। एसएसपीको कमाण्डमा भारतको सीबीआई जस्तै मोडेलमा राख्न खोजिएका ती प्रहरीको काम अपराध र भन्सार छली भए त्यसको सूचना स्थानीय प्रहरी इकाईलाई दिएर कारबाही गराउने थियो। अपराध अनुसन्धान विभागका अवकाशप्राप्त एआइजी
नरेश गुरुङ र दिनकरशमशेर राणाका पालामा पनि ती ४१ जना तोकिएको काममा लगाइएका थिए। यी ४१ प्रहरीलाई अहिलेका आइजीपी आएपछि युनिफर्म लगाएर हेडक्वाटरमै बस्न र अनुमति नलिई बाहिर कतै नजाने निर्देशन दिएको छ। उनीहरूको दरबन्दी एकातिर छ, तर युनिफर्म लगाएर कार्यालयमै बस्नु भनेपछि सिभिलमा घुमेर अतिरिक्त आम्दानी गर्दैआएकाहरूलाई सकस परेको छ। सिभिलमा राखिएका ती ४१ प्रहरी कि त दरबन्दी नै अन्त कतै राखिनुपर्योा, कि त जिम्मेवारी अनुसार काम दिनुपर्यो१ भन्न थालेका छन्।

No comments:

Post a Comment