Sunday, January 26, 2014

एमाओवादी बैठकमा नेताहरूको आचरण सुधारवारे छलफल

                १३ माघ, काठमाडौँ । एकीकृत माओवादीले नेताहरुको आचरण सुधार, अनुशासन सम्बन्धि दस्तावेज तथा विशेष महाधिवेशनवारेको छलफललाई निरन्तरता दिएको छ ।
                     अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा सोमवार विहान पूर्वपोलिट्व्युरो र केन्द्रीय कार्यालयको बैठकमा विशेष महाधिवेशन, नेताहरुको आचरण सुधार तथा अनुशासनसम्बन्धी दस्तावेजमाथि छलफल भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । केन्द्रीय समिति विघटन गर्ने र तल्लो तहसम्म नयाँ तरिकाले संगठन बनाउने प्रस्तावमा समेत बैठकमा छलफल भएको सापकोटाले बताए । अध्यक्ष प्रचण्डले यसअघि पेश गरेको प्रस्ताव परिमार्जन गरी पुनः केन्द्रीय समिति बैठकमा
लैजाने सापकोटाले बताए । केन्द्रीय कार्यालय र पूर्व पोलिट्ब्युरो सदस्यहरुसंगको छलफल पछि सोमवार दिउँसो राज्यसमितिका इन्चार्जहरुसंग छलफल गरिने एमाओवादीले जनाएको छ । यस्तै अध्यक्ष प्रचण्डले जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावलाई अन्तिम रुप दिने प्रयासस्वरुप पूर्व पोलिट्व्युरो तथा राज्यसमितिका इन्चार्जहरु छलफल थालिएको हो । सापकोटाका अनुसार बैठकमा केन्द्रीय सदस्यहरुले दिएको सुझाव समेटेर अध्यक्षको प्रस्तावलाई अन्तिम रुप दिइने छ । केन्द्रीय सदस्यहरुले भावी कार्यदिशा स्पष्ट गर्दै पार्टी पुनःगठनको स्पष्ट प्रस्ताव ल्याउन नेतृत्वलाई सुझाव दिएका थिए । केन्द्रीय कमिटी बैठक स्थगित सोमवार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदमाथि पनि बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्ने कार्यक्रम रहेको थियो । पूर्व पोलिट्ब्युरो, केन्द्रीय कार्यालय र राज्यसमितिका इन्चार्जहरुसंगको छलफलका कारण केन्द्रीय कमिटी वैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।

No comments:

Post a Comment