Wednesday, January 22, 2014

काँग्रेस संसदीय दलको नेता चुन्न चुनावी प्रक्रिया सुरु

               ९ माघ, काठमाण्डौ । काँग्रेस संसदीय दलको नेताका विषयमा शीर्ष तीन नेतावीच सहमति हुन नसकेपछि दलको नेता चयनको चुनावी प्रक्रिया सुरु हुँदैछ ।
                     संसदीय दलको नेताका लागि सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आआफ्नो अडान नछोडेपछि काँग्रेस निर्वाचन समितिले दलको नेता चयनका लागि बिहीवारवाट चुनावी प्रक्रिया थालनी गर्न लागेको हो । दिलेन्द्र बडु संयोजक रहेको निर्वाचन समितिले बिहीवार मतदाताको नामावली प्रकाशित गर्दैछ । विहान साढे ११ बजे पहिलो नामावली प्रकाशित गरेपछि दावी
विरोधको प्रक्रिया पूरा गरेर दिउँसो ३ बजे अन्तिम सूची सार्वजनिक गरिने प्रवक्ता एवम् समितिका संयोजक बडुले जानकारी दिए । निर्वाचन तालिका अनुसार माघ ११ गते उम्मेदवारी दर्ता हुनेछ भने १२ गते विहान साढे ८ बजेवाट मतदान प्रक्रिया सुरु हुने छ ।

No comments:

Post a Comment