Saturday, February 1, 2014

भारतीय सुरक्षाकर्मीलाई लखटे स्थानीय वासिन्दाले

imagesनेपाली भूमी कब्जा गर्न दिएनन् '
                 वीरगंज, माघ १८ – नेपाल भारत सीमाक्षेत्र पर्साको ठोरी गाविसमा भारतीय सुरक्षाकर्मीहरुले हतियार सहित पसेर नेपाली भूमीमा कब्जा जमाउन खोजेपछि स्थानीयवासीले लखेटेका छन् ।
                 ठोरी गाविस वडा नम्बर ७ भन्सार क्षेत्र स्थित नेपाली भूमीमै माइती नेपालको बिट निर्माण भइरहेको स्थलमा हतियार सहित आएका भारतीय एसएसबीहरुले निर्माण कार्यमा अवरोध गरेपछि ठोरीका स्थानीयवासीले प्रतिकार गरेका छन् । स्थानीयवासी प्रतिकार पछि एसएसबीहरु सीमावर्ती ठुटे खोलमा हतियार सहित तैनाथ अवस्थामा बसेका छन् । ठुटे खोला पारीको क्षेत्रमा भारतीय सीमा सुरक्षाबल एसएसबीको बेस क्याम्प
रहेको छ । हतियार सहित नेपाली भूमीमा प्रवेश गरेका भारतीय एसएसबीहरुले माइती नेपालको बिट निर्माण भइरहेको स्थल भारतीय भूमी रहेको भन्दै निर्माण कार्यमा अवरोध गरेपछि आक्रोशीत ठोरीवासीले उनीहरुलाइ लखेटेको स्थानीय रामप्रकाश कुवँरले बताए ।
              सीमा क्षेत्रको नेपाली भूमिमा भारतीय एसएसबीले आएर भारतीय भूमि भनेर दावी गरिरहँदा नेपाली सुरक्षा अधिकारीहरु भने वीरगंमा कार्यक्रममा व्यस्त रहेका थिए । नेपाली अधिकारीहरुसँग सम्पर्क गर्दा उनीहरुले कुनै तनाव नभएको भारतीय अधिकारीहरुसँग कुरा भईरहेको बताईरहेका छन् । नेपाली भूमि मै माइती नेपालको बिट निर्माण गर्न लागेको भएपनि उल्टै निर्माण कार्य रोक्न निर्देशन दिएको पर्साका प्रहरी उपरीक्षक धिरज प्रतप सिंहले बताए । सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक हर्क रावलले भने भारतीयपक्षका प्रहरी निरक्षक नै आएकोले नेपाल तर्फबाट पनि प्रहरी निरीक्षक नै खटाईएको प्रतिक्रिया दिए । तनाव भएपछि दिउँसो एक बजे देखि ठोरी नाकामा आवत जावत रोकिएको छ ।
               सीमावर्ती भारतीय बजार भिखनाठोरीमा किनमेल गर्न गएका चितवन माडी बसन्तपुरका बाबुराम रानाभाट र अर्का एक जनालाई एसएसबीहरुले नेपाल तर्फ फर्कन रोक लगाएको थियो । सीमा क्षेत्रमा अहिले पनि सयौं नेपालीहरु भेला भएर एसएसबीको विरोधमा उत्रने तयारीमा रहेका छन् । सीमा क्षेत्रमा अहिले इलाका प्रहरी कार्यालय ठोरीका प्रहरीहरु परिचालन गरिएको प्रहरी निरिक्षक विरेन्द्र पनेरुले बताए ।
                  हाल माईती नेपालको बिट निर्माण स्थल विवादित देखिएकोले तत्कालका लागि निर्माण कार्य रोक्न स्थानीय प्रहरीलाइ निर्देशन दिईएको र यस बारेमा वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासका अधिकारीसंग छलफल भइरहेको प्रहरी उपरिक्षक सिंहले बताए । भारतीय एसएसबीको अवरोधका कारण ठोरीवासीले अहिले सम्म विजुली बाल्न पाएका छैनन् भने ठोरी र निर्ममवस्ती जोड्ने पुल बन्न लागेको अवस्थामा पनि भारतीय सुरक्षाकर्मीका कारण बन्द भएको थियो । पछि विवादित स्थलबाट सारेर अलग्गै स्थानमा पुल निर्माण गर्न लाग्दा समेत पर्सा वन्यजन्तु आरक्षले सडक विभागलाई पत्र पठाएर पुल निर्माणमा रोक लगाएको छ ।

No comments:

Post a Comment