Saturday, February 1, 2014

लडाकू शिविरको भ्रष्टाचार छानविन नगरे हतियार उठाउने धम्की

             १८ माघ, काठमाडौं । बहिर्गमित पूर्व लडाकूहरुले लडाकूहरुको शिविरमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन् । एमाओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप लगाउँदै उनीहरुले राज्यले तत्काल छानविन नगरे अन्तराष्ट्रिय समुदायको सहयोग लिने बताए ।
                     शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरुले भनेका छन्-हामी शान्तिपूर्ण तरिकाले पार्टीले गरेका भ्रष्टाचारको मुद्दा किनारा लागोस भन्न चाहान्छौं, राज्य र सम्बन्धित निकायले यो मुद्दालाई झुलाई वेवास्ता गर्छ भने हामी
युएन, अन्तर्राष्ट्रिय निकायसम्म पुग्छौं ।’ उनीहरुले आवश्यक परे हतियार उठाउने धम्की समेत दिएका छन् ।
                      बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भ्रष्टाचारको मुद्दा उठाउँदा आफूलाई बाबुराम भट्टराईको सरकारले विभिन्न झुठा मुद्दा लगाई एक वर्षसम्म जेल बस्न बाध्य गराएको आरोप लगाए । अख्तियारले मुद्दा हेरिरहेको भन्दै उनले राज्यलाई चाहिने सबै खाले सहयोग र जानकारी दिन आफूहरु तयार रहेको बताए ।
                       १ करोड धरौटी राख्नु पर्ने भन्नै फैसला सुनाएपछि पूर्व लडाकू विष्ट २०६९ माघ १० देखि हिरासतमा थिए । गत माघ ९ गते न्यायाधीश वालेन्द्र रुपाखेतीको एकल इजलासले उनलाई सफाइ दिएपछि उनी गत माघ १० गते कारागार मुक्त भएका हुन् ।

No comments:

Post a Comment