Sunday, April 6, 2014

राष्ट्रिय यूवा जनस्वयंसेवकद्धारा ज्ञापन पत्र

     चैत्र २३, बिजी न्यूज कुश्मा पर्वत  नेकपा–माअ‍ेवादी निकट राष्ट्रिय यूवा जनस्वमसेवक पर्वतले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।
       ज्ञापन–पत्रमा जनस्वम्सेवकले राज्य र माओवादीबीच विगत दश वर्षे शसस्त्र संघर्षका क्रममा राज्य पक्षबाट लगाईएका मुद्दाहरु हाल फेरी व्यूताएर संगठनका अध्यक्ष उदयबहादुर चलाउने लगायत देशभरी सयौंको संख्यामा माओवादी नेता कार्यकर्ताहरुको सम्पति रोक्का गर्ने, म्याद टास्ने, गिरफ्तार गर्ने, वारेण्ट जारी गर्ने जस्ता कार्यहरु भैरहेकोमा आपत्ति जनाएको छ । वास्तविक संविधान सभाको विघटन पश्चात् गठित कृतिम संविधानसभा र सो द्वारा निर्वाचित सरकारको यसखाले व्यवहार विस्तृत शान्ति सम्झौता विपरीत देशलाई गृहयुद्धमा धकेल्ने
प्रपञ्चको भएको भन्दै ज्ञापन पत्रमा सम्पति रोक्का गर्ने, म्याद टास्ने, गिरफ्तार गर्ने, वारेण्ट जारी गर्ने जस्ता कार्यहरु खारेज गर्न र गिरफ्तार नेता कार्यकर्ताहरुलाई अविलम्व रीहा गर्न तथा वारेण्ट जारी गरीएका मुद्दाहरु खारेज गर्न वर्तमान सरकारका प्रधानमन्त्रिलाई आग्रह गरेको छ ।
        आफ्ना मागहरुलाई तत्काल समाधान गर्न माग गर्दै समाधान नगरिए त्यसले पैदा गर्ने कुनै पनि दुष्परिणामको भागेदारी स्वयं सरकार नै हुने भन्दै चेतावनी समेत दिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आफु ज्ञापन पत्रमा भएका कुराहरुलाई अक्षेरस गृह मन्त्रालयमा पठाउने बताएका थिए । ज्ञापन पत्र बुझाउन जनस्वय्म पर्वतका संयोजक ओम बहादुर मगरको नेतृत्वमा नेकपा–माओवादीका जिल्ला सचिवालय सदस्य बैकुण्ठ गिरी, दुर्गा तमु लगायत जिल्ला प्रसासनमा पुगेका थिए ।

No comments:

Post a Comment