Monday, April 7, 2014

नेतृत्वमा हानथाप भएपछि क्रान्तिकारीमा निर्वाचन हुँदै

अध्यक्षमा जागृत र रमेश भिड्दै, महासचिवमा ४ जनाको दाबी ' 
                चैत २५–अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । राजधानीमा जारी १९ औँ राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको सहमतिको प्रयास विफल भएपछि मङ्गलबार दिउसोदेखि निर्वाचन प्रक्रिया सुरु हुने महासचिवका  प्रत्यासी अनिल शर्माले जानकारी दिए । क्रान्तिकारीको नयाँ अध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय जागृत रायमाझी र रमेश मल्लले दाबेदारी प्रस्तुत गरेका छन् । उपाध्यक्षमा अहिन्द्रविक्रम लिम्बू, जितेष योन्जन, रनिल बम, रामचन्द्र अधिकारी, रञ्जित तामाङले दाबेदारी प्रस्तुत गरेका छन् । यस्तै महासचिवका लागि अनिल शर्मा, नरेन्द्र न्यौपाने, डिबी तामाङ र पवन
रेग्मीले दाबी गरेका छन् । तीनजना सचिवका लागि दीपक देवकोटा, सुरेन्द्र बस्नेत, गोपाल न्यौपाने, पञ्चा सिंह, राजु आलेमगर, मदन चुडाल, रमेश धामीलगायतले दाबी गरेका छन् ।

No comments:

Post a Comment