Saturday, July 19, 2014

पर्वत जिप्रकामा १३९ मुद्दा दर्ता, सार्वजनिक अपराध र आत्महत्याका मुद्दा बढी !

जिल्लाको शान्ति सुरक्षाको अवस्था अन्य जिल्लाको तुलनामा सवल- प्रनाउ 
                 पर्वत, २०७१ साउन ३ । पर्वत जिल्लामा गत आर्थिक बर्षमा ज्यान मार्ने उद्योग जस्ता ठुला अपराधका घटनाका तुलनामा सार्वजनिक अपराध तथा आत्महत्या सम्बन्धी मुद्दा बढी देखिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतमा दर्ता भएका १ सय ३९ वटा मुद्दा मध्ये अधिकाँश मुद्दा सार्वजनिक अपराध र आत्महत्या सम्बन्धी देखिएका हुन् । पर्वतमा जघन्य अपराधका घटना कम भएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमारश्रेष्ठले बताए । ‘पर्वतमा जघन्य अपराधका घटना कम तथा सार्वजनिक अपराध र अन्य अपराधका घटना बढी देखिएका छन्’ उनले भने, ‘सामान्य अपराधका घटना बढी भएकाले जिल्लाको शान्ति सुरक्षाको अवस्था अन्य जिल्लाको तुलनामा सवल मान्नुपर्छ’ । गत आर्थिक बर्षमा सबैभन्दा बढी ४९ वटा केही सार्वजनिक अपराधका मुद्दा दर्ता भएका छन भने ३७ वटा आत्महत्याका घटना छन् । आत्महत्याका घटना मध्ये ३१ वटा घटना झुण्डिएका छन् भने ६ वटा हामफालेर आत्महत्या गरेको सम्बन्धी छन् । प्रहरीले दिएको जानकारी अनुसार जघन्य अपराधमा पर्ने कर्तब्य ज्यानका मुद्दा
७ वटा दर्ता भएका छन् भने ज्यान मार्ने उद्योगमा १ वटा मात्र मुद्दा दर्ता भएको छ । जिल्लामा भबितब्य ज्यान सम्बन्धी १७ वटा मुद्दा दर्ता भएका छन् भने सवारी ज्यान सम्बन्धी ७ वटा र फुटकर ज्यान सम्बन्धी मुद्दा ८ वटा दर्ता भएका छन् । यसबाहेक जर्वजस्ती करणीका ३ मुद्दा दर्ता भएका छन् । मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी १ वटा, आगलागी सम्बन्धी, बुहबिवाहका ५ घटना, ठगीका २ र नकवजनी चोरीका २ वटा घटना दर्ता भएका छन् । प्रहरीमा दर्ता भएका १ सय ३९ मुद्दा मध्ये ६९ मुद्दा फस्र्यौट भएका छन् । ४९ वटा सार्वजनिक अपराधका मुद्दा मध्ये ४६ वटा फस्र्यौट भैसकेका छन भने सार्वजनिक अपराधका ७ मध्ये ६ मुद्दा फस्यौट भएका छन् । आत्महत्याका घटना भने दुई बर्ष सम्म पनि फस्र्यौट हुने सम्भावना छैन । यस्ता मुद्दाहरु दुई बर्ष सम्म अनुसन्धानका क्रममा रहने र कुनै उजुरी वा नयाँ तथ्य फेला नपरेमा मात्रै फस्र्यौटका लागि पठाउने जिल्ला प्रहरी प्रमुख श्रेष्ठले बताए ।

No comments:

Post a Comment