Saturday, October 5, 2013

समानुपातिक सभासद् बिक्रीमा

for-sale-sign                   नजिकिँदै गएको दशैँका लागि आवश्यक सामग्रीको खरिद–बिक्रीमा सर्वसाधारण व्यस्त हुन थालेका बेला प्रमुख राजनीतिक दलका नेतृत्वलाई बेग्लै दशैँ लागेको छ। राजनीतिक दलका शीर्ष नेतृत्व तथा उनीहरूनिकट उद्योगी–व्यवसायीचाहिँ संविधानसभाको समानुपतिक कोटा खरिद–बिक्रीमा माथापच्ची गर्न उद्यत् देखिएका छन्। तोकिएको रकम ‘चन्दा’ दिए समानुपातिक प्रणालीमार्फत पार्टीका तर्फबाट आगामी संविधानसभामा सभासद् बनाइदिने भन्दै रकम नै तोकेर ‘सभासद् पद’ खरिदकर्ताको खोजी सुरु भएको पाइएको छ। समानुपातिक सभासद् खरिद–बिक्री गर्न यसरी बिचौलियाहरू सक्रिय बनेको कुरा पत्याउन मुस्किल भए पनि यस कार्यका
लागि ठूलो समूह सशक्त रूपमा सक्रिय रहेको भेटिएको छ। प्रमुख दलका केही शीर्ष नेताहरू नै यस्ता समूहमा सक्रिय देखिएका छन् भने केहीले उद्योगी तथा आफूनिकट व्यक्ति परिचालन गरेको बुझिएको छ।
                  विशेष स्रोतबाट प्राप्त जानकारीअनुसार यसरी सभासद् पद खरिद तथा बिक्री कार्यमा पुराना गाडीलाई नयाँ बनाई बिक्रीको धन्दा गर्ने एक व्यापारी विशेष सक्रिय भएर लागिपरेका छन्। आफूलाई एआर बतासको रूपमा चिनाउँदै आनन्दराज बतास नामका ती व्यवसायीले चिनजानका उद्योगी एवम् आफूनिकट व्यक्तिहरूलाई गोप्य एसएमएस पठाउँदै ‘दुईदेखि तीन करोड रुपैयाँ दिने भए आगामी संविधानसभामा समानुपातिकतर्फबाट सभासद् बनाइदिन्छु’ भन्ने वचन दिँदै हिँडेको तथ्य फेला परेको छ।
                    नेपाल टेलिकम सूत्रबाट प्राप्त गोप्य सूचनाअनुसार बतासले झण्डै दर्जन उद्योगी–व्यापारीलाई फोन तथा एसएमएसबाट उक्त सन्देश सम्प्रेषण गरिसकेका छन्। समानुपतिकतर्फको सभासद् बनाउने वचन दिँदै हिँडेका उनले प्रायः सबैलाई सभासद्को मूल्य दुईदेखि तीन करोड रुपैयाँ तोकेको स्रोतको कथन छ। रकम तिर्न तयार हुनेलाई ग्यारेन्टीका साथ सभासद् बनाइने दाबी गर्ने बतासले समय भड्किन लागेकाले ढिलो गरे अवसर गुम्न सक्ने भन्दै लोभ्याउने प्रयत्न गरेकोसमेत पाइएको छ। बतासले पटक–पटकको भेटघाटपछि सभासद् पद खरिद गर्न तयार देखिएका तथा सकारात्मक जवाफ दिएका व्यक्तिलाई एमएमएसमार्फत छिटो निर्णयमा पुग्न चेतावनी दिएको पनि स्रोतले दाबी गर्योज।
                     बतासनिकट एक व्यवसायीका अनुसार उनले आफू नेपाली काङ्ग्रेसलगायत अन्य प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताउने गरेका छन्। आफूले भनेजति रकम दिए कुनै पनि पार्टीबाट समानुपतिकतर्फको सभासद् बनाउन सक्ने उनको दाबी रहने गरेको छ। यसरी बतासले प्रमुख दलका शीर्षनेताहरूको नाम जोडेर समानुपातिक सभासद् पदको मोलमोलाई गरी बिक्रीका लागि ‘खुल्ला टेन्डर’ आह्वान गर्दै हिँड्न थालेपछि सभासद् पदकै गरिमामाथि आँच आउन लागेको र राजनीतिक दलकै बद्नाम गराएको भन्दै केही व्यवसायी नेपाली काङ्ग्रेसका शीर्ष नेतासँग गुनासोसमेत गर्न पुगेको एक उद्योगीले जानकारी दिए।
                      तत्कालीन काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा ज्ञानेन्द्रबहादुर कार्की तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा प्रकाशशरण महत ऊर्जामन्त्री रहँदा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यसमेत बनेका आनन्द बतास काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवानिकट व्यक्तिका रूपमा चिनिन्छन्। बतासनिकट एक व्यापारीले भने, ‘बतासजीले देउवालाई नै आफूनिकट खास नेता भन्ने देखाएर सभासद् पद बिक्रीमा रहेको प्रस्ताव वा सन्देश प्रवाहित गरेका हुन सक्छन्।’ तर, बतासले भने आफूले नभई अरूले नै आफूलाई यस्तो प्रस्ताव गरेको जनाए। घटना र विचारसँग उनले भने, ‘काङ्ग्रेस या अन्य कुनै पनि दलका नेताहरूसँग मेरो सीधा सम्पर्क नभएकाले समानुपातिकतर्फको कोटामा मलाई पार्न सम्पर्क गरिदिनुपर्योप, यति रकम खर्च गर्न सक्छु, लौ नेताहरूकहाँ जानुपर्योम भन्दै प्रस्तावहरू आएका थिए, मैले यो काम म गर्न सक्दिनँ भन्दै सीधैै इन्कार गर्दै आएको छु। समानुपातिक सभासद कोटा बिक्रीमा रहेको खबर सबैजसो प्रमुख पार्टीसुत्रबाट आएकोले इच्छुक र हैसियत भएका साथीहरूलाई जानकारी गराइदिउ145 भन्ने आशयले मात्र मैले एसएमएस गरेको हु, यसमा मेरो कुनै लाभ लिने नियत वा दुराशय छैन।’ उनले अगाडि थपे, ‘कतिपयको प्रस्तावलाई सीधै इन्कार गर्न अप्ठ्यारो परेकोले अलिक डिप्लोम्याटिक तरिकाबाट गर्नुपर्छ, यस विषयमा भेटेर कुरा गरौँला भन्दै कसैलाई एसएमएस गरेँ पनि हुँला …219′ आफू समानुपातिक सभासद्को पद खरिद–बिक्रीमा रत्तिभर संलग्न नरहेको प्रमाण पेस गर्ने प्रयत्न गर्दै बतासले भने, ‘मैले यति रकम दिए सभासद् बनाउँछु भनेर कसैलाई प्रस्ताव गरेको छैन, यो मविरूद्ध गरिएको हल्ला मात्र हो।’ उनले आफू यस्तो खेलमा कहिल्यै नलागेको र नलाग्ने पनि बताए। उनले उपदेश दिने शैलीमा भने, ‘सभासद् बन्न राजनीतिमा निकै त्याग गरेको हुनुपर्छ, कसैले पैसा खर्च गर्दैमा सभासद् बन्न र बनाउन मिल्दैन।’
त्यसो त यसरी समानुपतिकतर्फका सभासद् पद बिक्रीमा पेसाले गाडी व्यापारी बतास मात्र नभएर नेकपा एमाले, एकीकृत माओवादी, नेकपा माल, मधेसीेलगायतका अन्य दल र ती दलका शीर्ष नेतानिकट उद्योगीहरू पनि सक्रिय भएर लागेका छन्। एमाले उच्च स्रोतका अनुसार एमालेबाट समानुपतिक सभासद् बिक्रीका लागि स्थायी समिति सदस्य भरतमोहन अधिकारी र उद्योगी विनोद चौधरी सक्रिय भएर लागेका छन्। उनीहरूले समानुपातिक सभासद् बन्न यति नै रकम चाहिन्छ भनेर नतोके पनि अन्य उद्योगीहरूले ‘यति’ आर्थिक सहयोग गरेको र तपाईंले यसभन्दा धेरै सहयोग गरे तपाईं वा तपाईंले चाहेको व्यक्तिलाई सभासद् बनाउन सकिने प्रस्ताव गर्ने गरेका छन्। स्रोतका अनुसार यस विषयलाई लिएर अधिकारी र चौधरीले एमालेनिकट सबैजसो उद्योगीसँग भेट गरिसकेका छन्। एमालेबाट आफूलाई समानुपतिकतर्फको सभासद् बन्न प्रस्ताव आएको जानकारी दिँदै एक व्यापारीले भने, ‘तर, मैले उनीहरूले भनेजति आर्थिक सहयोग गर्न नसक्ने भएकाले म सभासद् बन्दिनँ भन्दै पन्छिएँ।’ उनले कति रकम अफर गरेको हो भन्नेबारेमा भने खुलस्त बताउन चाहेनन्। उनका अनुसार ठूलो रकम खर्च गर्न सक्ने हो भने समानुपातिकतर्फको सभासद् बन्न कुनै समस्या छैन। उनले थपे, ‘पैसा र च्यानल भयो भने सभासद् बन्न कुनै गाह्रो छैन।’
                    यस्तै एकीकृत माओवादीले पनि समानुपातिक सभासद्को पद बिक्रीमा राखेको छ। स्रोतका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डले नै यसको अगुवाइ गरेका छन्। उनले आफूनिकट उद्योगीहरूलाई आफ्नै निवासमा बोलाएर पैसाको बार्गेनिङ गरेको एक उद्योगीले बताए। हैसियतभन्दा बढी आर्थिक सहयोग माग गरेको विषयलाई लिएर एमाओवादी अध्यक्षसँग छलफल गर्न पुगेको ती व्यापारीका अनुसार प्रचण्डले आफूले भनेजति आर्थिक सहयोग दिए समानुपातिकतर्फको एउटा सभासद्को पदसमेत उपलब्ध गराउन सकिने आश्वासन दिएका थिए। यसपटकको निर्वाचन पार्टीका लागि निकै महत्त्वपूर्ण रहेकोले चर्को आर्थिक समस्या पर्ने भन्दै प्रचण्डले त्यसका लागि सहयोग गरे तपार्इं स्वयम् वा तपाईंले चाहेको व्यक्तिलाई समानुपातिकतर्फबाट सभासद् बनाउन सकिने प्रस्ताव राखेका थिए। केही उद्योगीले भने प्रचण्डको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै पार्टीलाई आर्थिक सहयोग गर्न सक्ने तर सिटचाहिँ सुरक्षित हुनुपर्ने सर्त तेर्स्याएका थिए। अघिल्लो संविधानसभामा पनि उद्योगी राजेन्द्र खेतान, विनोद चौधरीलगायत उद्योगी पार्टीका प्रमुख नेतालाई ‘दह्रो’ आर्थिक सहयोग गरेर समानुपातिकतर्फबाट सभासद् बनेका थिए। यसपटक पनि त्यही खेलको पुनरावृत्ति भएको देखिएको भन्दै काङ्ग्रेसका एक केन्द्रीय नेताले चिन्ता व्यक्त गरे। यसरी नगदको भरमा संविधानसभामा पुग्ने सभासद्ले कसरी कस्तो संविधान निर्माण गर्लान्, उदेकपूर्ण चिन्ताको विषय बनेको छ।

No comments:

Post a Comment