Friday, October 4, 2013

भारतीय भूमिमा चीन छिर्न सक्दैनः सेनापति राणा

gaurab-with-indian-army                १८ असोज, काठमाण्डौ । प्रधान सेनापति गौरब समसेर राणाले चीन भारतीय भूमिमा छिर्न नसक्ने बताउनुभएको छ । चिनिया सेनाले लद्दाखको ६४० वर्ग किलोमिटर भारतीय भूमि कब्जा गरेको भन्ने भारतीय संचार माध्यमहरुका समाचारको पृष्ठभूमिमा बोल्दै राणाले चीनले भारतीय भूमिमा छिर्ने कुरा थेग्न नसक्ने बताउनुभएको हो ।
             ‘चीन तिबतको मामिलाकै कारण चिन्तित छ, जिनिजियाङ क्षेत्रमा पृथकतावादी आन्दोलन छ, यस्तो अवस्थामा चिनिया जनमुक्ति सेना भारत वा नेपालमा छिर्ने कुरा थेग्न सक्दैन’ विशेष अन्तरवार्तामा राणाले भनेको भन्दै टाइम्स अफ इण्डियाले लेखेको छ । ‘हिमालय वा इण्डो
गंगेटिक समतल क्षेत्र कुनै पनि कारणले चीनले भारतीय भूमिमा हस्तक्षेप गर्ने तुक छैन’- राणाको भनाइ छ ।
                अरुणाञ्चल प्रदेश तथा लद्दाखमा चिनियाँ लाल सेनाले भारतीय भूमिमा प्रवेश गर्ने गरेको घटना सामान्य भएको भन्दै राणाले सबै खाले सैनिक सम्झौतामा खासगरी दुई देशीय सिमानाको नियन्त्रण रेखा कागजमा कलमले कोर्दाखेरी नै समस्या हुने बताउनुभयो । यस्तो नियन्त्रण रेखाको उल्लघन हुने बेलामा दुबै पक्षले यहीँ रेखाको मोटाइलाई दोष दिने भन्दै राणाले यस विषयमा भारतले चासो लिनुपर्ने कुनै कारण नभएको बताउनुभयो ।
            राणाले चिनियाँ सेनाबाट हुने आक्रमण वा युद्धको ससक्त प्रतिकार गर्न भारतीय सेना सक्षम रहेको बताउँदै तर यसो गर्नका लागि भारतसँग राजनीतिक इच्छाशक्तिको अभाव रहेको समेत बताउनुभयो । ६ दिने भारत भ्रमणमा रहेका राणाले भारतसँग नेपालको सम्बन्ध अतुलनीय रहेको समेत बताउनुभयो ।

No comments:

Post a Comment